अस्ट्रेलिया आइसीसीको नयाँ टेस्ट र टी–२० वरीयताको शीर्षस्थानमा

एजेन्सी
वैशाख २०, २०७७
Australian Cricket Team

अस्ट्रेलिया आइसीसीको नयाँ टेस्ट र टी–२० वरीयतामा शीर्षस्थानमा उक्लिएको छ ।

अस्ट्रेलिया अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीले शुक्रबार जारी गरेको नयाँ टेस्ट वरीयतामा अस्ट्रेलियाले भारतलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । त्यस्तै, टी–२० मा भने अष्ट्रेलियाले पाकिस्तानलाई पछि पारेको हो ।

नयाँ टेस्ट वरीयताअनुसार अस्ट्रेलिया २६ खेलबाट ३ हजार २८ प्वाइन्ट र १ सय १६ रेटिङका साथ शीर्षस्थानमा छ ।

यस्तै, अस्ट्रेलिया टी–२० आई वरीयताको पनि शीर्षस्थानमा उक्लिन सफल भएको छ । २७ महिनादेखि शीर्षस्थानमा रहेको पाकिस्तानलाई पछि पार्दै अस्ट्रेलिया शीर्षस्थानमा उक्लिएको हो । अस्ट्रेलियाको १९ खेलबाट ५ हजार २ सय ८५ प्वाइन्ट र २ सय ७८ रेटिङ अंक छ ।

नयाँ टेस्टमा २१ खेलबाट १ सय १५ रेटिङका साथ न्युजिल्यान्ड दोस्रो स्थानमा छ । २७ खेलबाट ३ हजार ८५ प्वाइन्टका साथ १ सय १४ रेटिङसहित भारत तेस्रो स्थानमा झरेको छ । भारत सन् २०१६ अक्टोबरपछि पहिलोपटक टेस्ट वरीयताको शीर्षस्थानबाट खस्किएको हो ।

इङ्ल्यान्ड चौथो, श्रीलंका पाँचांै, दक्षिण अफ्रिका छैटौं, पाकिस्तान सातौं, वेस्ट इन्डिज आठौं, अफगानिस्तान नवौं र बंगलादेश १० औं स्थानमा छन् । जिम्बाबे ११ र आयरल्यान्ड अन्तिममा छ ।

एकदिवसीय वरीयतामा इङ्ल्यान्ड पहिलो र भारत दोस्रो स्थानमा रहेका छन् । न्युजिल्यान्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र अस्ट्रेलिया पाँचौं स्थानमा छ । नेपाल १६ औं स्थानमा यथावत् छ । नेपालभन्दा पछि यूएई १७, नामिबिया १८, अमरिका १९ र पपुवान्युगिनी २० औं स्थानमा छन् ।

टी–२० आई वरीयतामा दोस्रो स्थानमा रहेको इङ्ल्यान्डको १७ खेलमा २ सय ६८ रेटिङ अंक छ । भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचांै स्थानमा छन् । न्युजिल्यान्ड छैटौं, श्रीलंका सातौं, बंगलादेश आठौं, वेस्ट इन्डिज नवौं र अफगानिस्तान १०औं स्थानमा छ । नेपाल भने १५औं स्थानमा छ । नेपालको २३ खेलमा ४ हजार १ सय ४८ प्वाइन्ट र १ सय ८० रेटिङ अंक रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…

hero news full width