स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सबै पक्षको सहयोगका कारण कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा महत्वपूर्ण सफलता मिलिरहेको बताउनुभएको छ ।
स्वास्थ्य मन्त्रालयमा आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समितिले नेपाल सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री ढकालले सम्पूर्ण नागरिकको सहयोगका कारण रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण सफलता प्राप्त भएको बताउनुभएको हो ।
उहाँले कोरोनाविरूद्धको लडाइँमा तुलनात्मक रूपमा नेपालको अवस्था अन्य देशको भन्दा माथि रहेको बताउँदै यसमा सरकार, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, विभिन्न सङ्घसंस्था र विदेशमा रहेका शुभेच्छुकको सहयोग तथा ऐक्यबद्धताको योग रहेको उल्लेख गर्नुभयो । मन्त्री ढकालले भन्नुभयो, “सबैको प्रयासका कारण मुलुकमा ठूलो क्षति हुन पाएको छैन। नेपालसहित एशियाको १० राष्ट्रमा यस सङ्क्रमणबाट अहिलेसम्म कसैको पनि मृत्यु हुन पाएको छैन । सामान्यतः अन्य मुलुकमा औसत परीक्षणमा पनि हामी राम्रै गरिरहेका छौँ । बिरामीहरूमध्ये १६ जना घर फर्किसक्नुभएको छ । यो सकारात्मक पक्ष हो ।”
उहाँले कोरोनालाई नेपाल भित्रन नै नदिने प्रयास स्वरुप समयमै लकडाउनको निर्णय लिएर राम्रो गरिएको बताउँदै जोखिमको समयमा पीडा सहेर भए पनि नागरिकले साथ दिएको तथा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले पनि अभावका बीचमा काम गरेकाले महामारीको रुप लिन नसकेको जनाउनुभयो ।
मन्त्री ढकाललाई एनआरएनए अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष सोनाम लामाले छिमेकी चीनबाट ल्याएका पिपिई, केएन ९५ मास्कलगायत विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१