कुर्लुङ खोला खानेपानीको महशुलमा छुट

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७७
water bill

लेखनाथ । पोखरा महानगरपालिका वडा नं ३१ मा रहेको कुर्लुङ खोला खानेपानी आयोजना तथा सरसफाई मुल उपभोक्ता समितिले आफ्ना उपभोक्ताहरुलाई चैत्र महिनामा १० युनिट बराबरको शुल्क मिनाह गर्ने भएको छ।

उपभोक्ता समितिको बुधबार बसेको बैठकले उपभोक्ताहरुलाई १० युनिट बराबरको १ सय ७५ रुपैया छुट दिने निर्णय गरेको व्यवस्थापक हरिप्रसाद घिमिरेले जानकारी दिए।

कोरोनाका कारण उपभोक्ताहरु प्रभावित भएको भन्दै, शुल्क छुटको निर्णय गरिएको घिमिरेले बताए । १० युनिट बराबरको रकम छुट गर्दा ७२ हजार २ सय ७५ रुपैया संस्थालाई व्ययभार पर्ने घिमिरेले बताए।

आयोजनाबाट पोखरा महानगरपालिकाको वडा नं ३१ का पहाडी भेग तथा बेगनासताल क्षेत्रका ४ सय १३ घरपरिवार लाभान्वित हुँदै आएका छन् । २०६९ साल देखी संचालमा आएको खानेपानी आयोजना कास्की रुपा गाउँपालिका हंसपुरको कुर्लुङ खोला मुहान रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width