पेरुका युवा डिफेन्डर क्लुइविर्थ एगुइलर म्यानचेस्टर सिटीमा अनुबन्धन

एजेन्सी
वैशाख ८, २०७७
Cluiwirth Aguilar, Peru football

पेरुका युवा डिफेन्डर क्लुइविर्थ एगुइलर अर्को सिजनका लागि म्यानेस्टर सिटीबाट खेल्ने भएका छन् ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीले पेरुका पेरुका १६ वर्षीय युवा डिफेन्डर एगुइलरलाई हालैमात्र आनो क्लबमा अनुबन्धन गरेको हो ।

एगुइलर अहिले एलायन्स लिमा क्लबबाट खेल्दैछन् । उनी सन् २०२१ को मे मा १८ वर्षको हुनेछन् । यस अवधिसम्म एगुइलर एलाइन्स लिमामै रहनेछन् ।

सिटीमा अनुबन्धित भएपछि एगुइलरले भनेका छन, ‘मेरो सपना पूरा हुँदैछ । पहिलो कुरा मैले टिमको उत्कृष्ट प्रदर्शन गर्नु पर्छ ।’

उनले २०१९ मा पेरुको यु–१७ बाट खेलेका थिए । दक्षिण अमेरिकन यु–१७ च्याम्पियनसीपमा खेल्दा एगुइलर मात्र १५ वर्षका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा  । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी (पुरुष) विधाको मनोनयनमा क्रिकेटका अर्जुन…
  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…

hero news full width