विन्दुकुमार थापाले ११३ परिवारलाई खाद्यान्न वितरण

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७७
bbbbbb

पोखरा, ८ वैशाख । गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले पोखरा– ९ स्थित कृष्ण टोल, गणतान्त्रिक टोल र वडा नं २१ को मनकामना टोलमा खाद्यान्न वितरण गरेका छन् ।

स्थानीय सरकारसँग समन्वयगरी राहत नपाएकालाई थापाले व्यक्तिगत तर्फबाट ११३ घरपरिवारलाई राहत बितरण गरेको हुन् । वडाको लगतमा नपरेका तथा आवश्यकता भएका दैनिक ज्यालादारी गरी खाने, अशक्त र असाहयहरूलाई लक्षित गरी उनले खाद्यान्न वितरण गरेका हुन् ।

यसअघि पनि उनले करिब २०० घरपरिवारलाई खाद्यान्न सामाग्री बितरण गरेको थिए । जनताहरुको हरेक दुःख सुखमा सधैंसँगै रहन ेछु, यसैलाई म आफ्नो प्रमुख जिम्मेवारी र दायित्वको रुपमा लिएको छु ।

Related News

सम्बन्धित समाचार

hero news full width