पाल्पा ८, बैशाख । पाल्पामा रेडियो पाठशाला सञ्चालन गरी विद्यार्थीलाई घरबाटै पढ्ने बन्दोबस्त मिलाइएको छ । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण शैक्षिक संस्था लामो समय बन्द हुने अवस्था आएपछि यहाँका माध्यमिक तहका विद्यार्थीका लागि रेडियो पाठशाला सञ्चालन गरी पढाउन थालिएको हो ।
सरकारले लगाएको लकडाउन खुलेर जनजीवन सामान्य हुन समय लाग्ने देखिएपछि सिकाइलाई निरन्तरता दिन यहाँका सञ्चार माध्यम जुटेका हुन् । रेडियो मदनपोखरा र युनिक एफ.एफ.प्रा.लि.ले रेडियो शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएका छन् । तानसेन नगरपालिकाले सामुदायिक रेडियो मदनपोखरा र युनिक एफएमबाट दूर शिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको छ ।
तानसेन नगरप्रमुख अशोककुमार शाहीले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार नगरसरकारले विद्यार्थीको समस्यालाई बुझेर दूर शिक्षा एसइई पाठशाला सञ्चाल गरेको हो । उनले रेडियो पाठशाला विद्यार्थीहीतमा रहेको औंल्याए । ‘सामुदायिक रेडियो मदनपोखराको उत्पादन दुरशिक्षा रेडियो कार्यक्रम ‘एसइई पाठशाला’ अहिले देशका ३० भन्दा धेरै रेडियोबाट प्रसारण भइरहेको छ ।’ रेडियोले बिहान १० बजेदेखि ३ बजेसम्म एसइई पाठशाला सञ्चालन गरिरहेको छ ।
प्रत्येक विषयका लागि ४५ मिनेट छुट्याइ सञ्चालन गरिने रेडियो शिक्षामा अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक अध्ययन र कम्प्युटर विषयको पठनपाठन गरिएको छ । यस्तैगरी युनिक एफ.एम.प्रा.लि.ले कक्षा ११ र १२ का विद्यार्थीका लागि प्रत्येक दिन चार विषयको पठाइ ‘ट्युसन अन इयर’ कार्यक्रममार्फत सञ्चालन गरेको रेडियोका अध्यक्ष जगदीश भट्टराईले बताएका छन् ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
अधिकारी सरकारको वैधताको टुंगो आज !
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री
नवलपुरमा २५ सय हेक्टर वन सखाप
hero news full width
मुख्य समाचार
कक्षा १२ को परीक्षा आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१