सहारा क्लबलाई २ सय ज्याकेट सहयोग

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७५
rainbow_Fotor

पोखरा, ६ फागुन। रेन्बो प्राइभेट लिमिटेड कम्पनीले १७ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको लागि २ सय थान ज्याकेट उपलव्ध गराएको छ ।

कम्पनीका गणेशमान श्रेष्ठले सहारा क्लब सदस्य शान्ता केसीलाई सो ज्याकेट हस्तान्तरण गरेका हुन्।

सो कम्पनीले गत वर्ष समेत १ सय ९० थान ज्याकेट उपलव्ध गराएको थियो। आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने श्रेष्ठले बताए ।

कम्पनीले सहारा एकेडेमीको सहयोगार्थ ज्याकेट उपलव्ध गराएको क्लब अध्यक्ष केशवबहादुर थापाले जनाए।

सहारा क्लबद्वारा संचालित सहरा एकेडेमीमा विपन्न परिवारका २८ जना बालकलाई क्लबले फुटबल प्रशिक्षण एवं अध्ययन अध्यापन गराउँदै आएको छ।

एकेडेमी सहयोगार्थ क्लबले यही फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा आयोजना गर्ने १७ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिता तयारी तीव्र पारेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width