पोखरा, १० फागुन| गण्डकी प्रदेशका रेडियोकर्मीले प्रदेश सरकारका कार्य सञ्चालनमा रेडियोसँग सहकार्यको प्रस्ताव गरेका छन् ।
सामुदायिक रेडियो प्रसारक संघमा आवद्ध रेडियोकर्मीहरुले शुक्रवार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी सामुदायिक रेडियो पनि समाजकै लागि क्रियाशिल भएकाले सरकार र रेडियोबीच सहकार्य गरी सरकारका कार्यक्रमहरु सफल बनाउन सकिने सुझाव दिए ।
संघका महासचिव गोविन्द देवकोटाले प्रदेश सरकारले नीति तथा कार्यक्रममा सामुदायिक रेडियोलाई प्राथमिकता दिनुपर्ने माग गरे । उनले सामुदायिक रेडियोमैत्री नीति बनाउन पनि सरकारलाई सुझाव दिए ।
अकोराबका लेखा संयोजक भूमि चापागाइंले सामुदायिक रेडियो नाफारहित रुपमा सञ्चालन भएकाले सरकारले आफै सञ्चारमाध्यम स्थापना गर्ने भन्दा रेडियोलाई उपयोग गरेर काम गरे सहज हुने सुझाव दिए ।
अकोराबका गण्डकी प्रदेश कोषाध्यक्ष पवन पौडेलले रेडियोको पहुँच धेरै भएकाले सरकारले आफ्ना कुराहरु नागरिकसमक्ष पु¥याउनका लागि रेडियोसँग सहकार्यको प्रस्ताव गरे । सरकारका काम तथा नागरिकका गुनासा संकलन गर्ने माध्यमका रुपमा रेडियोले सहयोगी भूमिका खेल्नसक्ने उनले बताए ।
प्रत्युत्तरमा मुख्यमन्त्री गुरुङले अब बन्न लागेको प्रदेशको सञ्चार नीतिमा रेडियोका प्रतिनिधिलाई छलफलमा बोलाउने बताए । उनले रेडियोमार्फत नागरिकसमक्ष पुग्ने विषयमा सकारात्मक रहेको बताए ।
भेटमा अकोराबका केन्द्रीय सदस्य सरोज पौडेल, प्रदेश उपाध्यक्ष ओमकार आचार्यलगायतका रेडियोकर्मीहरु सहभागी थिए । रेडियोकर्मीहरुले सामुदायिक रेडियोलाई विपद्सँग जुध्नका लागि विपद् व्यवथापन कोष लगायतको व्यवस्था गर्न माग पनि गरेका छन् ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१