राइजिङ स्टारमा बिदाइ

एजेन्सी
फागुन ५, २०७५
rising_Fotor

पोखरा, ४ फागुन। राइजिङ स्टार एकेडेमी बोर्डिङ स्कूल पोखरा–१३ मा बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा ९ मा अध्ययनरत विद्यार्थीले कक्षा १० अध्ययन पूरा गरी एसइई परीक्षाका लागि तयार विद्यार्थीलाई बिदाइ गरेका हुन्।

विद्यालय सञ्चालक समिति अध्यक्ष तथा विद्यालय निदेर्शक ज्ञानबहादुर कार्कीले उच्च शिक्षा अध्ययनका क्रममा विद्यार्थीले बेवास्ता गर्दा भविष्यमा असफल भइने हुँदा राम्रोसँग पढ्न आग्रह गरे।

राइजिङ स्टार एकेडेमीका प्राचार्य सञ्जय पौडेलले मेहनत गरी अध्ययन गर्ने लगनशीलता भएका विद्यार्थी इमानदार हुने बताए । अब आउने परीक्षाको तयारी राम्रो गरी परीक्षामा सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

विद्यालयका अत्तिरिक्त क्रियाकलाप प्रमुख खेम भट्टराईले बिदाइ भएर जाने विद्यार्थीलाई आगामी परीक्षाको सफलताको शुभकामना दिए ।

बिदाइ कार्यक्रममा कक्षा ९ का विद्यार्थीले सांगीतिक कार्यक्रम, नृत्य, गायन समेत प्रस्तुत गरेका थिए।

विद्यालयकी छात्र इसा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी ललिता गोतामे र कृति खातीले गरेका थिए।

पोखरा १२, शीतलादेवीमा सञ्चालनमा रहेको स्कूल आउँदो शैक्षिक सत्रदेखि पोखरा–१३ लामोडहरबाट सञ्चालित हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width