ट्याक्टर दुर्घटनामा एकको मृत्यु

आदर्श समाज संवाददाता
फागुन ७, २०७५
RRTcrash


पोखरा, ७ फागुन । पर्वत जिल्लाको बिहादी गाउँपालिका—५ उराम मा मंगलवार दिउसो ट्याक्टर दुर्घटना हुदा ३५ बर्षीय पदम वहादुर नेपालीको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

घट्टरपाट देखि उरामतर्फ जादै गरेको ध१त ३१५ नं को ट्याक्टर सडकवाट एक सय मीटर तल खसेको थियो । मृत्यु हुने नेपाली ट्याक्टर धनी हुन । दुर्घटनामा सोही स्थान निवासी २८ बर्षीय बिक्कु पौडेल घाइते भएका छन् । घाइते पौडेललाई उपचारका लागि वालिङ अस्पताल सयाङ्जामा उपचार भइरहेको जानकारी स्याङ्जा प्रहरीले दिउको छ । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width