१. पोखरा पर्यटकीय नगरी हो । पर्यटकीय नगरी भएकोले यसलाई सफासुग्घर राख्नुपर्दछ भन्ने चेत पोखरावासीमा छ । त्यहीँ चेत भएकोले यसलाई सफासुग्घर राख्न यहाँ अनेक प्रयास गरिएको छ । कहिले ग्रीन बेल्टको कुरा आउँछ भने कहिले ‘स्वच्छ, सुन्दर, हराभरा–पोखरा’ को नारा आएको सर्वविदितै छ ।
२. चुनावको बेला मतदाता आकर्षित गर्न स्मार्ट सिटीको कुरा पनि जोडतोडसाथ आएको थियो । स्मार्ट सिटी कस्तो हुन्छ, के हुन्छ भन्नेमा धेरै अन्यौल थिए । कोही स्मार्ट सिटी बनाएपछि थाहा भइहाल्छ भनेर स्मार्ट सिटी हेर्न धैर्यधारण गरेका थिए । बिजुली पोलमा झुन्डिएको केही मिटर तार फ्याँकेर त्यसको शुभारम्भ गरिएको थियो ।
३. सडकमा कतै खाल्डो परेमा त्यसलाई १ घण्टाभित्र पुरिने प्रतिबद्धता पनि आएको थियो । प्रतिबद्धताकै कुरा गर्दा जनप्रतिनिधि र पार्टीहरुले सबभन्दा धेरै पटक प्रतिबद्धता जाहेर गरेको पोखराको बसबिसौनी हो । प्रत्येक चुनावमा उम्मेदवारको घोषणापत्रमा त्यो प्रतिबद्धता लेखिएको हुन्छ ।
४. पोखराको बसबिसौनी बनाउने भनिएको दशकौं भएको छ । अहिलेको जनप्रतिनिधिले र तिनीहरुका पार्टीहरुले पनि त्यो प्रतिबद्धता दोहो¥याएका थिए । हामीले पनि त्यो कुरा उल्लेख गरेर यसै स्तम्भमा त्यो कुरा उल्लेख गरेका थियौं । कहिलेकाहीँ त्यहाँ केही गरे झैं नगरिएको होइन तर त्यसले कहिल्यै निरन्तरता पाएन ।
५. पोखरा बसबिसौनी पोखरा बजारको मुख्य ठाउँ पृथ्वीचोकमा अवस्थित छ । त्यो बिसौनी अव्यवस्थित किसिमले संचालन गरिएकोले त्यहाँ फोहोर छ । धुलो उड्छ । वातावरण प्रदूषित हुने गरेको छ । त्यसले सुन्दर पोखरालाई गिज्याएझैं भएको छ । जनप्रतिनिधि र सरकारमा बस्नेहरु त्यहीँ ठाउँ भएर आउनेजाने गर्दछन् । उनीहरुले नदेख्ने कुरै भएन ।
६. तैपति बसबिसौनी किन बन्न सकेन ? यो यत्ति पुरानो कुरा भयो कि यो कसले बनाउने भन्ने नै बिर्सिसकेकोजस्तो छ । महागनरपालिका, नगर योजना, प्रदेश सरकार वा केन्द्रीय सरकार कसले बनाउने हो, कस्को दायित्व हो ?
७. हामीकहाँ विकासका कुरा धेरै हुन्छ । विकासको योजना तानातान गरिन्छन् । योजनामा बजेटको रकम छानिन्छन् । पाउनेहरु दङ्ग पर्दछन् । तर, जनप्रतिनिधि, योजनाकार, नीतिकार सरकार कसैको दृष्टि पनि बसबिसौनीतिर आकर्षित नहुनु आश्चर्यको कुरा हो । यो अकर्मण्यता हो । यसको लागि विकासप्रेमीले आवाज उठाउनुपरेको छ र सोध्नुपरेको छ–बसबिसौनी कहिले बन्छ ?
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१