मनसुनको सुरुआती दिनमा परेको घनघोर पानीले सानातिना खोल्सा पनि उर्लेर आएका छन् । मानवीय र भौतिक क्षति भएको छ । बाढीको मारमा यतिबेला जलविद्युत गृहहरु परेका छन् । रनअफ दि रिभर प्रणालीमा बनाइएका हाइड्रोहरु जहिले पनि जोखिममै हुन्छन् । नदी तिरमै पावरहाउस र अरु संरचना बनाउनुपर्ने भएकाले जोखिम हुने त भइ नै हाल्यो । मादीमा आएको बाढीले कास्कीको मादी गाउँपालिकास्थित ४ वटा हाइड्रोपावरमा क्षति पुर्याएको छ । विद्युत उत्पादन गरिरहेका ३ र बन्दै गरेको १ हाइड्रो कम्पनीमा बाढीले क्षति पुर्याएपछि लगानीकर्ता अहिले टाउको समाउन बाध्य छन् । सिक्लेस हाइड्रो, सुपर मादी र हिमालयन हाइड्रो नामार्जुङ साथै अपर मादी हाइड्रोमा बाढीले ठूलै क्षति पु¥यायो ।
सिक्लेस, नामार्जुन र अपर मादीले उत्पादन सुरु गरिसकेको थियो । ४४ मेगावाटको सुपर मादीको काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको थियो । सिक्लेस हाइड्रोको त पूरै संरचना नै बगाएको छ । पावर हाउसमा पानी छिरेको भएर विद्युत उत्पादन भएको छैन । सिक्लेस हाइड्रोको विद्युत प्रयोग गरिरहेका वडा १ र २ का बासिन्दा अँध्यारोमा छन् । निर्माणको चरणमा रहेको सुपर मादीमा निर्माण सामग्रीसहित संरचना र गाडी बगाएको छ । बाढीले सुपर मादी हाइड्रोमा १ अर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको कम्पनीको दाबी छ । १० चक्के ट्रक, १ एक्साभेटरसहित निर्माण सामग्री बगाएको छ । बाढीकै कारण मादीको तटीय क्षेत्रका हुगु, सोंदा, ज्याउदु, भगवतीटारलगायत गाउँका घर जोखिममा परेका छन् ।
जलवायु परिवर्तकै असर होला केही वर्ष यता अनावृष्टि, अतिवृष्टि हुने गरेको छ । त्यसो त प्राकृतिक विपत्तिलाई रोक्न सकिँदैन । तर योजना निर्माणका क्रममा आयोजनास्थलको भौगोलिक अवस्था, जोखिमको लेखाजोखाका बारेमा अध्ययन गरिएको हुन्छ । अनि नदीमा बाढी आउँदा कहाँसम्म असर गर्ने हो, त्यसबाट जोगिनका लागि के कस्ता उपाय अपनाउनुपर्ने हो, ती सबै विषयमा मिहीन रुपमै हेरिन्छ । तर पनि पहाडी क्षेत्रमा बनेका हाइड्रोहरुमा बर्सेनि क्षति हुने गरेको छ । यसमा कतै इन्जिनियरिङ त्रुटि त होइन भन्ने आशंका पनि उब्जेको छ । लागत घटाउने नाममा नदीको छेवैमा संरचना बनाउने गर्दा यसले कालान्तरमा खर्च बढाउने नै हो । त्यसैले यस्ता योजनाहरु निर्माण गर्दा सुरुमा चनाखो हुन जरुरी छ । सरकारी निकायले अनुमगन पनि त्यही अनुसार गर्नुपर्छ । क्षति भइसकेको छ । अब त्यसबाट मर्कामा परेका लगानीकर्तालाई हेर्ने दायित्व सरकारको पनि हो ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१