१. भदौ महिनाको आधी कटिसक्दा पनि बाढी पहिरोको खतरा अझै टरेको छैन । बागलुङको ढोरपाटन स्थित भुजीखोलामा बुधबार आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ । सो बाढी पहिरोबाट ३१ द्धर बग्दा १४ जनाको मृत्यू भएको छ भने २४ वेपत्ता छन् । बाढीमा परेका १४ जनाको शव भेटिएको अरुको खोजी भईरहेको छ ।
२. सो घटनामा ३१ घर पूर्ण क्षतिग्रस्त र आंशिक रुपमा सहित १ सय २५ घर क्षति पुगेको जनाइएको छ । बाढीमा परेका मध्ये ४ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । गम्भीर अवस्थामा रहेको एकजनाको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भईरहेको छ। विद्यालय, जलविद्युत आयोजनाको भवन समेत बगाएको छ ।
३. ढोरपाटन देउराली छेउको पहाड खसेर खोला थुनिएर फुटेपछि भुजीखोलामा भीषण बाढी आएको थियो । बाढीले ढोरपाटनको वडा नं. ७, ८ र ९ मा क्षति पुर्याएको र सबैभन्दा बढी ९ नंं वडामा भएको छ । सो क्षेत्रमा ठाडो खोलाहरु धेरै भएको र ठूलो वर्षाद हुँदा एकैसाथ बाढी आएपछि धेरै क्षति पुग्ने गरेको छ । रातको वेला बाढी आएको पीडितले तत्काल गुहार पाउन समेत पाउन सकेनन् ।
४. उक्त द्धटनापछि उद्धारका लागि वुर्तिबाङ र जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी, सेना र सशस्त्रको टोली गएको थियो । यसैगरी स्थानीय र जनप्रतिनिधीहरु खटिएका थिए । गृहमन्त्री रामबहादुर थापा बादल सहितको टोली शुक्रबार पुगी घटनास्थनको अवलोकन गर्नका साथै केही राहत सामग्री उपलब्ध गराएको छ । साथै बाढी पीडितहरुलाई राहत र पुनस्थापनाको लागि सरकारबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त भएको छ ।
५. साउन, भदौ सबैभन्दा बढी वर्षा हुने महिना हो । कहिले असोज महिना सम्म पनि ठूलो वर्षा हुने गर्छ । त्यसैले बाढी पहिरोबाट अझै ढुक्क हुने अवस्था छैन । बाढी पहिरो आउन सक्ने सम्भावित स्थानमा होशियारी अपनाएर बस्नु पर्दछ । सम्बन्धित निकायहरुले उद्धाका सामग्री र जनशक्तिको तयारी पनि गरिरहनु आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१