आज प्रजातन्त्र दिवस । २००७ साल फागुन ७ अर्थात आजकै दिन नेपालमा एकतन्त्रीय राणा शासनको अन्त्य भएको दिन हो । राणाशासन विरुद्धमा नेपाली कांग्रेस पार्टीको नेतृत्वमा देशव्यापी आन्दोलन भएको थियो । अझ त्योभन्दा पहिलेको इतिहास हेरौं भने नेपाल प्रजापरिषद् पार्टीले भूमिगत संगठन बनाएको थियो । त्यो संगठतले नागरिक अधिकारको चेतना जगाउने काम गरेको थियो । त्यस्तो काम गरेको आरोपमा सहिद शिरोमणि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा सरकारले फाँसी दिएको थियो । त्यसै बेलादेखि आन्दोलनको सुरुवात भएको थियो । त्यो प्रजातन्त्रले पहिलो पटक नेपाली जनता र राजालाई स्वतन्त्रताको न्यानो घाम दिएको थियो ।
त्यसअघि जनता मात्र अधिकारविहीन भएका होइनन्, राजा पनि राणा प्रधानमन्त्रीको तजविजमा चल्नु पर्दथ्यो । त्यही मौका छोपेर राणा प्रधानमन्त्री जंगबहादुरले राजाबाट अख्तियारनामा प्राप्त गरेका थिए । त्यही अख्तियार नामाबाट देशको शासन व्यवस्था राणा परिवारमा सीमित भएको थियो । जंगबहादुरले कास्की र लमजुङमा संकुचित भएपछि त्यो परिवारको अन्याय अत्याचार बढ्दै गएको थियो । अन्याय अत्याचार बढ्दै गएपछि त्यसविरुद्ध जनता संगठित भएर गएका थिए । उता, तत्कालीन राजा त्रिभुवन पनि राणा परिवारको घेराबाट बाहिर निस्किन प्रयासरत थिए र नेपाली जनताको संयुक्त प्रयासबाट भएको आन्दोलनले प्रजातन्त्र प्राप्त भएको थियो ।
प्रजातन्त्र आगमनले नेपालीलाई सबै किसिमको स्वतन्त्रता प्रदान ग¥यो । नयाँ क्षितिज उद्घाटन ग¥यो । र, स्वच्छ हावामा स्वास फेर्न पाए । त्यसबेला नेपालीको उत्साह र उमंग नै अर्कै थियो । देश विकास गर्ने इमानदारी प्रयास भएको थियो । शिक्षाको ज्योति फैलाउने उद्देश्यले उनीहरुले गाउँ–गाउँमा विद्यालय स्थापना गरी सञ्चालन गरेका थिए । नेताहरु स्वयंसेवीको रुपमा कुनै लोभलालच नराखी काम गर्दथे । विकासको लागि अनुकूल वातावरण सिर्जना भएको थियो । त्यसैले त्यो प्रजातन्त्रलाई महत्वका साथ लिने गरिएको सर्वविदितै छ । त्यो प्रजातन्तत्रले हाम्रो सम्पूर्ण सम्भावनाका ढोका खोलेको थियो । त्यो हाम्रो लागि ऐतिहासिक थियो ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१