१. लकडाउन खुलेपछि कोरोना भाइरसको संक्रमण बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार लकडाउन खुल्ने अगाडीको ८ दिन र खुलेपछि ८ दिनपछिको परीक्षण र संक्रमितको संख्या हेर्दा संक्रमण दर बढेको देखिएको हो । लकडाउन खुल्नु अघिको ८ दिन ३ प्रतिशतमा रहेको कोरोना संक्रमण बढेर ३.७ प्रतिशत पुगेको जनाइएको छ ।
२. केही स्थानहरुमा संक्रमण अलि बढी देखिएको कारण सिल गरिएका छन् । पुतलीबजार नगरपालिका गत मंगलबार देखि १० दिनका लागि बन्द गरिउको छ । पुतलीबजारस्थित जिल्ला प्रहरी कार्यालयका ३७ जना प्रहरीमा कोरोना पुष्टि भएसँगै फैलिन नदिन नगरपालिका सिल गरिएको हो । त्यहाँ सार्वजनिक तथा निजी सवारी, अत्यावश्यक उपभोग्य सामग्री बाहेकका पसलहरु बन्द गरिएका छन् । यसैगरी वैंक तथा वित्तीय संस्था स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र सेवा प्रदान गर्ने र उत्यावश्यक बोहकका उद्योग व्यवसाय पनि बन्द गरिएको छ ।
३. यसअघि नवलपुरको गैंडाकोट नगरपालिका पनि सिल गरिएको थियो । त्यहाँ पनि सुरक्षामा खटिएका प्रहरीहरुमा कोरोना संक्रमण बढी देखिएको थियो । विभिन्न स्थानमा अग्रभागमा रहृर कार्यरत प्रहरी तथा सैनिकहरु कोरोना संक्रमणबाट बढी प्रभावित भएका छन् । यसरी संक्रमित भएका सुरक्षाकर्मीहरुको संख्या ३८२ पुगेको जनाइएको छ । यसैगरी अग्रभागमा रहेर सेवा पुर्याईरहेका स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरु समेत संक्रमित भएका छन् ।
४. देशभर अहिले संक्रमितको संख्या पाँचहजार नाघेको छ । क्वारेन्टिनमा रहनेहरुको संख्या १४ हजार भन्दा बढी छ । कुल संक्रमितमध्ये ७२.७ प्रतिशत कोरोना मुक्त भएर घर फर्किसकेको जनाइएको छ । लकडाउन खुलेपछि बजारमा भिड बढ्दै जाँदा र आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै संक्रमण बढ्ने देखिन्छ ।
५. जनजीवन कष्टकर बन्दै गएका कारण लकडाउन खोलिएको हो । कोरोना संक्रमण घटेर खोलिएको होइन भन्ने आम मानिसले बुझ्नु जरुरी छ । यस्तो वेला झन् बढी सर्तकता अपनाउनु आवश्यक छ । अनिवार्यरुपमा हात धुने, सेनिटाइजर र मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम राख्ने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किने, भिडभाडमा नजाने, संक्रमणको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य जाँच गर्ने आदि विधिहरु अवलम्बन गर्नुपर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१