प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपालबाट एसोसिएसन र उनकै अदालतका न्यायाधीशहरुले गर्दै आएको विरोध कार्यक्रमले ५ साता पार गरेको छ । विगत ५ सातादेखि अदालतको काम ठप्पप्रायः छ । यसको निकास के कसरी निस्कन्छ भन्नेमा कसैले केही भन्न सकेका छैनन् । नेपाल बार एसोसिएसन प्रधानन्यायाधीशको राजीनामा एकमात्र निकास हो भनेर विरोध कार्यक्रम सशक्त बनाउँदै छ भने प्रधानन्यायाधीश भने राजीनामा दिने पक्षमा देखिंदैनन् । बार एसोसिएसनको विरोध कार्यक्रममा अरु व्यवसायी संगठनहरु पनि सहभागी भएर ऐक्यबद्धता जनाएका छन् । बारले अब राजनीतिक पार्टीका नेताहरुलाई सहयोगका लागि आग्रह गरेका छन् । बारका पदाधिकारीहरुले संसदले प्रधानन्यायाधीशविरुद्धमा महाभियोग लगाउनु पर्नेमा जोड दिँदै छन् ।
सर्वाेच्चमा जतिसुकै लामो अवधि गतिरोध भए पनि टुलुटुलु हेरिरहेका सत्तारुढ पार्टीहरुले पनि गतिरोधको विषयमा छलफल गरी प्रधानन्यायाधीशको बहिर्गमनको लागि पहल गर्ने सहमति भएको समाचार आएको छ । गठबन्धनका नेताहरुले त्यो सहमति गर्नु उनका लागि एक धक्का हो । उनले त्यो कुरा के–कति गम्भीरतापूर्वक लिन्छन्, त्यो उनको कुरा हो तर उनीहरुको त्यस्तो सहमति भएर पनि कुर्सीमा टाँसिरहनु उनकै लागि खतरा हो ।
मानिसका लागि सत्ता भन्ने प्यारो हुन्छ । सत्ता प्यारो हुने भएकाले अनेक छलफल गरेर पनि मानिस सत्तामा टिकिरहन चाहन्छन् । त्यो हामी सबैले बराबर देखेकै कुरा हो । त्यसकारण प्रधानन्यायाधीश राणाले पनि राजीनामा गर्दिन भन्नुलाई अन्यथा मान्न सकिन्नँ । यो सामान्य कुरा हो तर अहिले उनको विरोधमा यत्ति धेरै कुरा बाहिर आएको छ कि ती कुराले उनको बदनाम गरेका छन् । अब जति धेरै समय उनी प्रधानन्यायाधीश रहिरहन्छन्, उति धेरै उनको बदनाम हुने सम्भावना बढी रहन्छ । फेरि उनकाविरुद्ध पूर्वन्यायाधीशहरु पनि लागेका छन् । उनका साथ काम गरेका अन्य न्यायाधीशहरुले समेत उनलाई राजीनामा दिन सल्लाह दिएका छन् । नेताहरुले सर्वाेच्च अदालतको कुरामा आपूmले हात हाल्नु उचित नहुने भन्दै मौन बसिरहेका थिए । तर स्थिति गम्भीर बन्दै गयो । उनले स्थिति सम्हाल्ने अवस्था पनि रहेन । त्यसैले गठबन्धनका शीर्ष नेताहरुले बहिर्गमनको संकेत गरेका हुन् । तिनीहरु सबैको संकेत, सल्लाह, सुझाव दृष्टिगत गरेर प्रधानन्यायाधीश राणाले राजीनामा गरेर गतिरोधको अन्त्य गर्नु आवश्यक छ । यो गतिरोध अभैm लम्ब्याउनु कदापि उचित होइन ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१