स्थानीय नेतृत्व र उत्साह

सम्पादक
जेठ १६, २०७४

१. यो एक सुखद संयोग हो कि अहिले देशभरका स्थानीय तहमा नयाँ नेतृत्व आएका छन्। २० वर्ष पछि भएको स्थानीय तहको निर्वाचनले देशमा एउटा उत्साहको वातावरण बनाएको छ। देश बनाउन चाहनेहरुका लागि यो एक उपयुक्त अवसर हो यो अवसरलाई “क्याश” गरेर नेतृत्वमा रहेकाहरु अन्त कतै नअल्मलिएर अघि बढ्न सक्नु पर्दछ।

२. हामीकहाँ धेरै मानिसको पुरानालाई गाली गलौज गर्ने बानी छ। पहिलेकाले यस्तो बिगार्‍यो, उस्तो बिगार्‍यो भन्दै उनीहरुले गरेर अब गाह्रो भयो भन्ने आलोचना धेरै सुनिन्छ। काम नगर्ने मान्छेले जे जसो भनेर आफ्नो समय बिगारे पनि हुन्छ। तर जसले काम गर्ने इच्छा गर्दछ, त्यसले केही न केही नयाँ कामको थालनी गर्नुपर्दछ।

३. नयाँ कामको सुरुआत गर्ने र पुराना कुराको सुधार गर्दै जाने नीति अख्तियार गर्नु व्यवहारिक हुन सक्दछ। फेरि यस्तो काम गर्दा आफ्नो प्रशासन यन्त्रलाई पनि चुस्त र फुर्तिलो बनाउनु पर्दछ। प्रशासनको जञ्जालमा मात्र अल्झियो भने नयाँ सोचविचार क्रमशः सेलाउँदै जान्छ।

४. स्थानीय तहको काम भनेको मुख्यतया सरसफाइ, स्वच्छ पानीको आपूर्ति, आवागमनको सुविधा लगायत दैनिक जीवनमा आइपर्ने कुराहरुको निर्वाध आपूर्ति र समस्याको समाधान हो। स्थानीय विकास निर्माण, ढल निर्माण गर्नेदेखि सार्वजनिक जमीनको संरक्षण गर्नु अहिलेको आवश्यकता छ।

५. हामीकहाँ विकासको नाममा धेरै विकृति भित्रिएका छन्। स्थानीय भाषा, भेष, संस्कृति लगायतका मौलिक कुराको जगेर्ना गर्नु स्थानीय सरकारको पहिलो कुरा हुनुपर्दछ। ती कुराहरु एक पटक हराएर गए फेरि त्यसको जगेर्ना गर्नु त्यति सजिलो हुँदैन। विगतमा हामीले धेरै यस्ता कुरा गुमाइसकेका छौं।

६. स्थानीय तहका काम कुराहरु सरकारको ऐन कानूनले प्रदत्त गरेका छन्। पोखरालेखनाथ महानगरपालिकाको हकमा भन्नुपर्दा अन्तर्राष्ट्रिय विमानस्थल, बस बिसौनी, फेवातालको संरक्षण, सभागृहको सुधार, महानगरपालिकाको साँघुरो भएको आफ्नै भवनको स्थानान्तरण लगायतका कुरा छन्। भरखरै महानगर भएकोले यसको लागि आवश्यक सजिसजाउ र निर्माण गर्दै जानु आवश्यक छ।

७. पोखराको लागि अको संयोग के पनि भएको छ भने महानगरपालिकामा प्रमुख र उपप्रमुखमा मानबहादुर जि.सी. र मञ्जु गुरुङ आएकै बेला पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा पर्यटन व्यवसायी सुन्दर कुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्। यी कुराले पनि पोखरामा नयाँ काम कुरा थालनी गर्ने यो उपयुक्त समय हो भन्ने हामीलाई लागेको छ। अबदेखि पोखरा बिग्रदैन। स्वच्छ, हराभरा पोखराको निरन्तर प्रगति हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width