सुनकाण्ड र संसद अवरुद्ध

सम्पादक
श्रावण १७, २०८०

हङकङबाट हालै अवैधरुपले नेपाल भित्रिएको एक क्विन्टल सुनकाण्ड जति पछि भयो, उति बढी चर्चित भएको छ । एकै खेपमा एक क्विन्टल सुन तस्करी गरिएको घटनालाई सर्वसाधारणले सामान्य किसिमले पचाउन सकेका छैनन् । नेपालको इतिहासमा यो सर्वाधिक ठूलो परिमाणको सुन काण्ड हो । त्यसैले यसमा कुनै न कुनै रुपमा राजनीतिक व्यक्ति जोडिएको हुनुपर्दछ भनेर जनताले नेताहरूतिर शंकाको दृष्टिले हेरिरहेका छन् । उता प्रमुख प्रतिपक्षी पार्टी एमालेले त्यस्तै शंका गरेर सरकारले मात्र यसको छानबिन गर्न सक्दैन भनेर उच्च स्तरीय छानबिन समितिको माग गरेर संसदमा अवरोध गरेको छ, एमालेले छानबिन समितिको माग गर्दै संसदमा नाराबाजी गर्दै बेल घेराउ गरिरहेको छ । यी पंक्ति लेखिँदासम्म संसदको बैठकको अवरोध हटेको छैन ।

देशमा यति ठूलो परिमाणमा सुन तस्करी हुँदा हल्ला नचल्ने त कुरै भएन । प्रहरीले ट्याक्सी ड्राइभरदेखि भन्सारका कर्मचारी र चीनीया र भारतीय नागरिक समेतलाई पक्राउ गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धान जारी रहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि अपराधी नछुट्न् भनेर निर्देशन दिएका छन् । तैपनि मानिसहरू त्यसमा विश्वास गर्न सकेका छैनन् । काठमाडौंमा बिहान अमुक व्यक्तिलाई अनुसन्धानको घेरामा राखेको हल्ला हुन्छ भने बेलुका फेरेर कसैलाई सोधपुछका लागि प्रहरीले लगेको हल्ला हुन्छ । हल्ला गर्नेले हल्ला गरिरहेका छन् । त्यो हल्लाले कतिपय नेताहरूलाई स्पष्टीकरण दिर्नुपर्ने अवस्थामा पनि पुर्‍याएका छन् ।

एमालेले संसदको बैठक अवरोध गरेका कारणले पनि विषयवस्तुको गम्भीरता प्रष्ट गर्दछ, घटना गम्भीर छ, त्यो मान्नु पर्दछ । तर एमालेले पटक–पटक अन्य घटनाहरूमा पनि संसदको बैठक अवरोध गर्ने गरेकाले त्यसले त्यत्ति गम्भीरता लिन नसकेको अनुभव गरिएको छ । त्यति गम्भीरता लिन नसकेको अनुभव गरिएको छ । फेरि बैठक अवरोध गर्नु नै त्यसको एक मात्र बाटो होइन । संसदलाई चालु राखेर पनि अनुसन्धानलाई नजिकबाट नियालिरहन सकिन्छ । सरकारले अनुसन्धानको क्रममा तलमाथि केही गर्न खोजे अथवा सुन काण्डका नाइकेलाई छुट दिन खोजे संसद मै बोलेर पर्दाफास गर्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै