सहारा क्लबलाई शुभकामना

सम्पादक
चैत्र ३, २०७०

१.पोखरा र·शालामा आयोजित आहा रारा गोल्डकपको शनिबार भएको फाइनल खेलमा पोखराको सहारा क्लबले लिग च्याम्पियन मनाङ मस्र्याङ्दीलाई १-० ले पराजित गरी यस वर्षको उपाधि जितेको छ। यो उपाधिका साथ सहाराले ३ लाख ५१ हजार प्राप्त गरेको छ भने उपविजेतामा सीमित मनाङ मस्र्याङ्दीले दुर्इ लाख एक हजार लिएर चित्त बुझाउनुपरेको छ।

२. शनिबार भएको फाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक थियो। पहिलो हाफसम्म कसैले गोल गर्न सकेको थिएन। त्यसपछि जति समय बित्दै गयो, खेल उति रोचक भएको थियो। समय बित्दै गएपछि मनाङ मस्र्याङ्दीले जित्छ भन्नेहरूको स्वर सानो हुँदै गएको थियो भने सहारा पक्षधरहरूको हौसला बुलन्द हुँदै थियो।

३. दर्शकको साथ पाएको सहाराले पछि निकै आक्रामक खेल खेल्दै मनाङ मस्र्याङ्ीलाई पेलेको थियो। त्यसैबीच सहाराले तीनवटा कर्नर पायो। सहाराका हेमन्त गुरुङले हानेको कर्नर किकमा सरोज दाहालले यसरी हेड गरे कि मनाङ मस्र्याङ्दीका गोलकिपर विशाल श्रेष्ठले बललाई पन्छाउन सकेनन्। सहाराको त्यही गोल नै निर्णायक गोल भयो।

४. आहारारा गोल्डकपको यो १२ औँ संस्करण हो। १२ औँ संस्करणसम्म आइपुग्दा ती दुर्इ टीम पाँचपटक आमनेसामने भए। पाँचमध्ये तीनपटक मनाङ मस्र्याङ्दीले जितेको छ भने यसपटकको फाइनलमा भने सहाराले जितेर एउटा इतिहास रच्न सफल भएको छ।

५. खेलमा सघाएका हेमन्त गुरुङ उत्कृष्ट खेलाडी घोषित भई मोटरसाइकल प्राप्त गरे भने सहाराकै

प्रशिक्षक किरण श्रेष्ठ, डिफेण्डर पिटर सेगुन र गोलकिपर सागर गुरुङ उत्कृष्ट घोषित भई पुरस्कृत भएका छन्। मनाङका स्ट्राइकर सुजल श्रेष्ठ सर्वाधिक गोलकर्ता भएका छन् भने अनुशासित टोली मच्छिन्द्र क्लब भएको छ।

६. सहारा क्लबले निरन्तर आहा रारा गोल्डकपको आयोजना गरेर आफ्नो चिनारी प्रस्तुत गरेको छ। यसपटक गोल्डकपको उपाधि समेत जितेर त्यसले एउटा छुट्टै इतिहास निर्माण गरेको छ। अब सहारा क्लब पोखराको एक पहिचान भएको छ। विशेषता भएको छ। यसले पोखराको शिर उच्च बनाएको छ।

७. विजयको यस खुसीयालीमा हामी सहारा क्लबको परिकल्पनाकार, प्रशिक्षक, यसका उत्साही खेलाडीहरू एवं स्थापनादेखि यस टीमलाई सहयोग गर्ने सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछौं। हामी यसको अरु उन्नति, प्रगतिको कामना गरी फेरि एकपटक शुभकामना व्यक्त गर्न चाहन्छौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width