सहमति कि प्रक्रिया

सम्पादक
फागुन २१, २०७१

१. प्रधानमन्त्री सुशील कोइराला र ३० दलीय मोर्चाको नेतृत्व गरिरहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले म·लबार एकै सभामा हात मिलाएर सहमतिको कुरा गरेका छन्। चितवनको शिवनगरस्थित नारायणी विद्या मन्दिरको स्वर्णयमहोत्सव समारोहमा उनीहरूले सहमतिबाटै छिट्टै सहमति जारी हुने बताएका छन्।

२. संविधान सहमतिबाट कि प्रक्रियाबाट बनाउने भन्नेमा विवाद छ। कोही सहमतिबाटै बनाउनुपर्दछ भन्दैछन् भने कोही सहमति भनी अनन्तकाल कुर्न सकिँदैन भनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिँदैछन्। सहमतिबाट बनाउनुपर्दछ भन्नेहरू सहमतिबाट बने टिकाउ हुने तर्क दिँदैछन् भने प्रक्रियाबाट बनाउनुपर्दछ भन्नेहरू प्रक्रियाबाट छिटो हुने विचार व्यक्त गर्दैछन्।

३. सहमति भन्दाभन्दै अघिल्लो संविधानसभाको चार वर्ष त्यसै खेरा गयो भने यो संविधानसभाको एक वर्ष पनि त्यसै खेरा गएको छ। सहमतिका लागि अझै कति कुर्नुपर्ने हो, कसैले भन्न सक्ने अवस्था छैन। माघ ८ मा संविधान जारी गर्ने भीष्म प्रतिज्ञा गरिएको थियो। तर त्यस्तो प्रतिज्ञा गर्नेहरूले पछि माघ ८ मा संविधान जारी नभएमा आकाश खस्दैन भने।

४. सर्वसाधारण रनभुल्लमा परेका छन्। के गर्दा राम्रो हुने हो, त्यो उनीहरू केही भन्न सक्ने स्थितिमा छैनन्। सहमतिका पक्षधरहरू सहमतिमै जारी हुनुपर्दछ भनी नानाथरि तर्कहरू पेश गर्दैछन् भने प्रक्रियाका पक्षहरू प्रक्रिया पनि संविधानप्रदत्त कुरा भएको र सबै दलको साझा बचनबद्धता भएकोले प्रक्रियामा गइसकेको कुरालाई अब छिट्टै टुङ्ग्याउनुपर्ने बताउँदैछन्।

५. संविधान सबैको सहमतिबाटै जारी गरिनु सबभन्दा उत्तम कुरा हो। तर त्यत्ति राम्रो कुरा यहाँ होला भनेर आशाभरोसा गर्न सकिन्छ कि सकिँदैन, त्यो विवादको कुरा हो। संविधानसभाको बनोट र त्यहाँ उत्तर, दक्षिण, पूर्व, पश्चिम फकेका पार्टीरू विद्यमान भएकोले सहमतिको आशा के कसरी गर्ने, त्यो एक ठूलो प्रश्न बनेको छ।

६. चित्रबहादुर केसीको जनमोर्चा सङ्घीयतामा सहमति गर्ने सक्दैन। उता कमल थापाको राप्रपा नेपाल धर्मनिरपेक्षतालाई स्वीकानै सक्दैन। काङ्ग्रेस, एमाले माओवादी अन्तरिम संविधानले अपनाएको सङ्घीयता र धर्म निरपेक्षतालाई त्याग्नै तयार हुँदैनन्। तीन पार्टीका पनि प्रान्तहरूको नाम केकस्तो राख्ने भन्नेमा उत्तिकै विवाद छ। जसले गर्दा मुलुक यो अवस्थामा आएको छ।

७. यी सबै वास्तविकता हेर्दा सहमति एउटा आदर्शको कुराजस्तो देखिन्छ। जुन प्राप्त गर्न सक्नु अत्यन्त राम्रो हो। तर के त्यो निश्चित समयावधिभित्र प्राप्त गर्न सकिएला – यो प्रश्नको जवाफ धर्तीको एक मुठ्ठी माटो लिई छातीमा हात राखेर खोज्ने प्रयास गर्नुपर्दछ। अनि विवेकमा जे उचित लाग्छ, त्यो गर्नुपर्दछ। हाम्रा राजनीतिक पार्टीर पार्टीका नेताहरूले व्यवहारिक भएर सोच्नुपर्दछ। छिट्टै संविधान जारी गर्नेतिर ध्यान केन्द्रित गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै