सहकारीका लागि स्थिति अनुकुल

सम्पादक
चैत्र २१, २०७३

१. सहकारीका अभियन्ताहरुले हिजो चैत्र २० गते ६० औँ सहकारी दिवस विभिन्न कार्यक्रम राखी मनाए। सहकारी अभियान्ताहरुले यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ विगतमा भन्दा विशेष उत्साह र आत्मविश्वास देखाएका थिए भने उनीहरु भविष्यका लागि पनि उत्तिकै आशावादी भएका थिए।

२. देशमा नेपाली काँग्रेसका नेताबखान सिंह गुरुङले चितवनमा पहिलो पटक २०१३ साल चैत्र २० गते बखान ऋण सहकारी गठन गरेका थिए। उनले गठन गरेको त्यही दिनलाई स्मरण गरेर चैत्र २० गते सहकारी दिवस मान्ने गरिएको छ। सहकारी संघ जति धेरै हुँदैछन्, उति यस दिवसको महत्वपनि बढ्दै गएको छ।

३. बखान सिंह गुरुङले २०१३ सालमा सहकारीको शुरुवात गरेपनि पञ्चायत कालभरि यसमा कसैले खास रुचि देखाएनन्। देशमा प्रजातन्त्रको पुनर्वहाली भए पश्चात २०४८ मा सहकारी ऐन जारी भयो। त्यो ऐन आएपछि जागरुक एवम् चेतनशील मानिसहरुले विभिन्न प्रकृतिका सहकारी संघहरु स्थापना गर्न थालेका हुन्।

४. यसको महत्वपनि बढ्दै गएको छ। अहिले सरकारी, सहकारी र नीजि क्षेत्र भन्न थालिएको छ। सहकारी आर्थिक मेरुदण्डको एक अंगको रुपमा स्थापित भएको छ। देशमा ३३ हजार भन्दा बढी सहकारी संस्थाहरु खोलिएका छन् भने त्यसमा ५६ हजार भन्दा बढी कर्मचारीहरु संलग्न छन्। सहकारी श्रोत अनुसार ५० लाखभन्दा बढी शेयर सदस्यहरुको ३० अर्ब रुपैयाँ यसमा लगानी भएको छ।

५. सहकारी खोल्ने लहर नै आएको छ। पहिले एक दुर्इ सहकारी ब्रि्रेपछि मानिस केही हच्केका थिए भने अहिले स्थिति त्यस्तो छैन। गाउँ-गाउँमा सहकारी पुगेको छ। केही सहकारीले राम्रो काम गरेका छन्। छरिएर रहेका साना तिना पूँजी एकत्रित गरी निश्चित काममा लगाउने यो एक राम्रो माध्यम भएको छ।

६. हिजो सहकारी भन्दा सानो रुपमा हेरिन्थ्यो भने अब सहकारीको अवस्था त्यस्तो छैन। ठूल्ठूला सहकारी बनिसकेका छन्। कृषि उत्पादन बढाउनमा यसले निकै योगदान गरेको छ। गाउँको उत्पादन बजारमा पुर्‍याउने काममा सहकारीले सघाएका छन्। बजारको पहुँचलाई यसल सरल बनाई दिएको छ।

७. सरकारको सहकारी नीति नियम व्यवहारिक छैन। नीति नियम व्यवहारिक बनाउनु आवश्यक छ। त्यसको साथै सुपरिवेक्षण राम्ररी गरिनु पर्दछ। सहकारीको दृष्टि अब आयात प्रतिस्थापन र निर्यात तिर पनि जानु पर्दछ। देशको संविधान कार्यान्वयनको दिशामा छ। वातावरण अनुकुल हुँदैछ। यो अनुकुलक वातावरणमा सहकारीले फड्को मार्न सक्नु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै