सशस्त्र सङ्र्घर्ष गर्ने कुरा

सम्पादक
मंसिर १, २०७१

१. देशले माओवादी द्वन्द्वको घाउ अझै पर्ुन सकेको छैन। यो द्वन्द्वको बेला जलाइएका, भत्काइएका भौतिक संरचनाहरू अझै पूरा गर्न सकेको छैन। वृहत् शान्ति सम्झौता अनुसार अझै कतिपय महत्त्वपूर्ण काम भएका छैनन्। पाँच वर्ष लगाएर एउटा विधान बनाउन सकिएको छैन। जनता राजनीतिक पार्टीर पार्टीा नेताहरूप्रति क्रुद्ध भएका छन्।

२. यस्तो अवस्थामा फेरि सशस्त्र द्वन्द्वको कुरा चर्कन थालेको छ। नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द समूहले हालै छुट्टै मेला गरेर सशस्त्र सङ्र्घर्ष गर्ने तैयारी गरिरहेको छ। त्यस समूहले संविधान निर्माण प्रक्रिया विथोल्ने गरी सशस्त्र सङ्र्घर्षमा उत्रन तैयार रहेको जनाएको छ।

३. सचिव चन्द नेकपा-माओवादी वैद्य समूहमा सचिवका रूपमा कार्यरत छन्। तर केही समयदेखि उनको र वैद्यकाबीच मतभेद बढेको छ। मतभेद बढेकाले उनले आफ्नो छुट्टै समूहको राष्ट्रिय भेला गरेका हुन्। उनले त्यसरी छुट्टै भेला गरेपछि नेकपा-माओवादी समूह विभाजनको संघारमा पुगेको अनुमान गरिएको छ।

४. एकातिर नेताहरूले संविधान बनाउन सकिरहेका छैनन्। संविधानको अन्तर्वस्तुमा सहमति हुन नसकी नेताहरूबीच विश्वासको वातावरण खलबलएको छ। एक पक्ष २२ दललाई बोकेर धम्कीको भाषा बोलिरहको छ भने अर्को पक्ष दुर्इ तिहाई बहुमतको कार्ड देखाएर अघि बढ्न खोजिरहेको छ।

५. विश्वासको सड्ढट चुलिएको छ। कसैले कसैलाई विश्वास गर्ने वातावरण छैन। एकता छिन्नभिन्न भएको छ। देश कमजोर भएको छ। यस्तैमा सशस्त्र सङ्र्घर्ष भए त्यसले झन कस्तो अवस्था निम्त्याउला, त्यो सबैको चासो र खाँचोको विषय भएको छ। देशलाई दुरावस्थामा पुर्‍याएर कसको हित होला, सोच्नुपर्ने विषय भएको छ।

६. माओवादी द्वन्द्वको बेला कसले कसलाई प्रयोग गरे र द्वन्द्वबाट कसले कति बढी फाइदा उठाए, त्यसको राम्ररी हिसाब-किताब भएको छैन। र त्यो द्वन्द्वको बेला हाम्रो राष्ट्रियता के कति ह्रास भयो र जनताको आर्थिक र सामाजिक स्थिति कति खस्क्यो, त्यतातिर एकपटक ध्यान दिनु आवश्यक छ। सधैँ सङ्र्घर्षको मोह पालेर हुँदैन।

७. अहिले कागजी सिद्धान्तको भरमा उडान भरेर मात्र हुँदैन। देश, काल, परिस्थिति पनि हेर्र्नुपर्दछ। व्यवहारिक पनि हुनर्ुपर्दछ। विगतमा त्यो सिद्धान्तको धेरै प्रयोग र परीक्षण नगरिएको होइन। त्यो सिद्धान्त मान्ने कुनै पनि पार्टीले त्यसै प्रजातान्त्रिक संसदीय व्यवस्था मानेको होइन। तिनीहरूले अथक प्रयास गरेका थिए। पटक-पटक प्रयास गरेका थिए। तर नभएर कोही प्रयोग गर्ने भन्दै केही सम्झौता गर्दै शान्ति मार्गमा आएका थिए। विगतका यस्ता कुरालाई सशस्त्र सङ्र्घर्ष गर्न खोज्ने कसैले पनि बुझ्नु आवश्यक छ र त्यसबाट शिक्षा लिनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width