सरकारको सहमति आपत्तिजनक

सम्पादक
असार ३१, २०७०

१. उच्चस्तरीय राजनीतिक समितिको शनिबार बसेको बैठकले अन्तरिम चुनावी मन्त्रिपरिषद्ले भारतसँग दीर्घकालीन महत्त्वका विषयमा दुर्इ पक्षीय सहमति गरेकोप्रति विरोध जनाएको छ। बैठकले त्यस्तो विरोध गरेपछि चार दलका शीर्ष १२ जना नेताले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर दबाब दिने भएका छन्।

२. भारतले धेरै पहिलेदेखि लुम्बिनी र पशुपति नगरमा उसको अध्यागमन जाँच केन्द्र राख्ने, त्रिभुवन विमानस्थलको स्तरोन्नति गर्ने तथा जासुसी सूचना आदानप्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर गर्न सरकारलाई आग्रह, अनुरोध र दबाब दिँदै आएको सर्वविदित छ। जेठ १२ गते गृह सचिवस्तरीय दुर्इ पक्षीय बैठकमा हस्ताक्षर भएको पनि सुनिएको थियो।

३. गृह सचिवस्तरीय पदाधिकारीहरूले हस्ताक्षर गरेपछि त्यो सहमति पत्र मन्त्रिस्तरमा आउँछ भन्ने सबैलाई थाहा थियो। मन्त्रालयको विज्ञप्तिमा त्यो कुरा छिपाए तापनि पत्रपत्रिकामा त्यसबारे समाचार सम्प्रेषण भएको थियो। त्यसैको आधारमा सर्वोच्च अदालतमा रिट पनि परेको थियो।

४. ती सबै कुरालाई चार दलका शीर्ष नेताहरूले त्यसबेला थाहा नपाएझैं गरे। ती दलका पूर्व प्रधानमन्त्रीलगायतका पदाधिकारीहरूले त्यो सहमति पत्रमा हस्ताक्षर गर्न आएका विदेशमन्त्री सलमान खर्र्सिदलाई लाइन लागेर भेटे। जसको खूब आलोचना भयो। आलोचनाको शृङ्खला रोकिएको छैन।

५. उनीहरूले त्यो सहमति गर्न नचाहेका भए त्यसैबेला सरकारलाई भन्नपर्दथ्यो। त्यसबेला केही नभन्ने अहिले विरोध जनाउनु ‘म कुटेजस्तो गर्छ तँ रोए जस्तो गर’ भनेजस्तै भएको छ। भारतीय चेकपोष्ट या अन्य कार्यालय एकपटक राख्न दिएपछि उठाउन के कति गाह्रो हुन्छ भन्ने कुरा विगतका इतिहासले देखाएको छ।

६. तालिमको नाममा उत्तरी सीमातिर बसेका भारतीय सैनिकलाई हटाउन त्यसबेला उपप्रधान तथा परराष्ट्र मन्त्री कीर्तिनिधि विष्ट नराम्ररी गर्जनुपरेको थियो। महाकालीको शिरमा रहेको भारतीय सैनिकलाई हटाउन सकिएको छैन। न कि विराटनगरमा रहेको कार्यालय नै हटाउन सकिएको छ। अब पशुपतिनगर र लुम्बिनीमा अध्यागमन जाँच केन्द्र स्थापना गरियो भने त्यसको परिणाम के होला, सोच्नपर्ने कुरा हो।

७. निर्वाचन प्रयोजनका लागि गठित सरकारले दीर्घकालीन प्रभाव पर्ने निर्णय गर्नु राम्रो होइन। राजनीतिक पार्टीहरूले पनि त्यस्तो थाहा पाएपछि त्यसैबेला रोक्ने प्रयास गर्नुपथ्यो। ती पार्टीहरूले त्यसो गरेको पाइएन। सर्वोच्च अदालतले त्यसमा अन्तरिम आदेश दिएको छ।अहिलेलाई त्यही नै ठूलो आधार हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width