सबै पक्षलाई खुसी पार्ने बजेट

सम्पादक
श्रावण १, २०७०

१. सरकारले के कस्तो बजेट ल्याउला भनी प्रतीक्षा गरिरहेका जनतासमक्ष अर्थमन्त्री शंकर कोइरालाले पाँच खर्ब १७ अर्ब रूपैयाँको वाषिर्क बजेट सार्वजनिक गरेका छन्। आँशिक बजेटको शृङ्खला चलिरहेको बेलामा यसपटक पूर्ण बजेट आएको छ। धेरैका लागि यही नै खुसीको कुरा हो। निजी क्षेत्र समेत खुसी भएका छन्।

२. बजेटले सबैलाई खुसी पार्ने प्रयास गरेको छ। बजेटमा कर्मचारीहरूको तलब १८ प्रतिशत बढाएको छ भने मासिक एक हजार भत्ता थप गरेको छ। यसबाट कर्मचारीहरू खुसी भएका छन्। बजेटले संस्थानलाई नाफामा पुर्‍याउने संस्थानका कर्मचारीहरूलाई सरकारी खर्चमा देशभित्र एक साता पर्यटकीय स्थलको भ्रमणको व्यवस्था गरेको छ।

३.     आयकरको छुटको सीमा बढाएको छ। अविवाहितलाई दुर्इ लाख र विवाहितलाई साढे दुर्इ लाखसम्मको आयमा कर छुट गरिएको छ। प्रोत्साहित गर्ने उपायहरू पनि बजेटमा अपनाइएको छ। एक अर्बभन्दा बढी लगानी गर्ने लगानीकर्तालाई पुरस्कृत गर्ने व्यवस्था पनि गरेको छ।उर्जा विकासलाई यसले विशेष महत्त्व दिएको छ। सौर्य उर्जालाई सहरतिर प्रोत्साहित गर्ने कदम पनि बजेटले गरेको छ।

४. बजेटमा संविधानसभाको निर्वाचनको लागि मात्र पर्याप्त बजेट विनियोजन गरेको होइन, स्थानीय निर्वाचनको कुरा पनि गरेको छ र त्यसको लागि पनि बजेट विनियोजन गरेको छ। स्थानीय निकायका पदहरू खाली भएको लामो समयपछि त्यसको चुनाव गर्ने, गराउने जुन प्रस्ताव बजेटमा गरिएको छ, त्यो प्रशंसनीय छ।

५. बजेटले पहिलेका बजेटहरूले व्यवस्था गरेको पुराना कार्यक्रमलाई निरन्तरता दिएकोमा राजनीतिक पार्टीला नेताहरू पनि खुसी भएका छन्। पूर्व अर्थमन्त्रीहरूले समेत त्यसमा सकारात्मक प्रतिक्रिया दिएका छन्। सबै पक्षको प्रशंसा पाउनु यो बजेटको विशेषता हो।

६. पोखरा र यसको सेरोफेरोमा बस्नेहरू पोखराको प्रस्तावित अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलबारे के भन्छन् भनी खूब नियालिरहेका थिए। बजेटले विमानस्थलका लागि अध्रि्रहण गर्न बाँकी भएको जग्गा अध्रि्रहण गर्न रकमको व्यवस्था गरेको छ। बजेटको त्यो व्यवस्थाले विमानस्थलको काम अब अघि बढ्ने विश्वास पलाएको छ।

७. स्वास्थ्य र सामाजिक क्षेत्रमा पनि यसले नयाँ कार्यक्रम ल्याएको छ। साक्षर नेपाल अभियान, सुनौला हजार, सबै विकास क्षेत्रमा वृद्धाश्रम, सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतका राम्रा काम हुन्। खेलकुदको बजेट पनि दोब्बर बढाएको छ। राष्ट्रिय महत्त्वका क्षेत्र पनि विस्तार गरेको छ। सबै पक्षको प्रशंसा बटुल्न सफल भएको बजेट सार्वजनिक गरेकोमा अर्थमन्त्री शंकर कोइराला धन्यवादका पात्र भएका छन्। यसरी धन्यवाद पाउने उनी धेरै समयपछिका अर्थमन्त्री हुन्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width