सफलताको सिँढी चढ्दै जनप्रिय क्याम्पस

सम्पादक
कार्तिक २६, २०७१

१. जनप्रिय बहुमुखी क्याम्पसले एकपछि अर्को सफलताको सिँढी चढ्दै गएको छ। उक्त कुरा क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख विरञ्जी गौतमले बताएका हुन्। क्याम्पस प्रमुख गौतमले सो क्याम्पस नेपालका क्याम्पसहरुमध्ये उत्कृष्ट क्याम्पकसको रुपमा स्थापित भएको जनाएका छन्।

२. २०७० को बिबिए आठौं सेमेष्टरको परीक्षमा क्याम्पसका सबै विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन्। क्याम्पसकी छात्रा सन्ध्या घिमिरेकाठमाडौंका तीन विद्यार्थी समान सवोर्त्कृष्ट भएकी छन्। तत्कालिन क्याम्पस प्रमुख गणेशमान पालिखेको अथक प्रयासबाट २०६० मा सुरु गरिएको विविए कार्यक्रमका विद्यार्थीले सधैं उत्कृष्ट नतिजा ल्याएका छन् ।

३. पछिल्लो पटक विश्वविद्यालय अनुदान आयोगमार्फत् छनौटमा परी क्याम्पसले अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता ९त्तब्ब्० प्रमाणपत्र प्राप्त गरेको छ। त्यो प्रमाणपत्रले क्याम्पसको पहिचान अन्तर्राष्ट्रिय स्तरको भएको छ। अनुदान आयोगले नेपालका १२ वटा क्याम्पसलाई यस्तो प्रमाणपत्र दिएकोमा पश्चिामाञ्चलको यो पहिलो र एक मात्र क्याम्पस हो।

४. क्याम्पसमा अहिले विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायअन्तर्गत दश जोड दुर्इदेखि स्नाकोत्तरसम्मको पढाइ हुन्छ। क्याम्पस प्रशासनले बिबिएको पर्ढाई उत्कृष्ट भएझैं अन्य तह र सङ्कायलाई पनि उत्कृष्ट बनाउने प्रयास गर्नुपर्छ। बिविएका थप कक्षा सञ्चालन गर्ने प्रयास पनि भइरहेका छन्।

५. जनप्रिय क्याम्पस स्थानीय शिक्षाप्रेमी एवम् समाजसेवीको प्रयासमा २०४८ सालमा स्थापना गरिएको हो। क्याम्पस सुरुआत गर्दा त्यहाँ एक सय २५ जना विद्यार्थी थिए भने अहिले तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन्। त्यस बेला १६ जना प्राध्यापक र कर्मचारी थिए भने अहिले एक सय १९ जना प्राध्यापक र ४७ जना कर्मचारी कार्यरत छन्।

६. जनप्रिय क्याम्पसको नाम लिँदा त्यसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेलाई कहिल्यै बिर्सन सकिँदैन। उनले क्याम्पसका लागि रातोदिन काम गरे। अथक परिश्रम गरे जसको परिणाम क्याम्पसले यो प्रगति गर्न सकेको हो। तरm दुर्भाग्य जनप्रिय क्याम्पसका लोकप्रिय क्याम्पस प्रमुख उनी माओवादीको गोलीको शिकार हुनुपर्‍यो।

७. जग बलियो भएपछि घर बलियो हुन्छ भन्ने कुरा जनप्रिय क्याम्पसले देखाएको छ। त्यस बेलादेखि अहिलेसम्म त्यहाँको पढाइको स्तर राम्रो छ। वर्तमान क्याम्पस प्रशासनले आगामी दिनमा पनि त्यो स्तर कायम राखी क्याम्पसलाई सफलताको सिँढी चढाउनेअपेक्षा गर्न सकिन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width