सप्तरी घटना निन्दनीय

सम्पादक
फागुन २५, २०७३

१. सप्तरी जिल्लामा प्रमुख प्रतिपक्षी एमालेको मेची-महाकाली अभियानलाई अवरोध गर्नेक्रममा प्रहरीसँग भएको झडपमा सोमबार मोर्चाका चार जना कार्यकर्ताको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीका रञ्जन मेहता, दीगम्बर यादव, पीताम्बर मण्डल र आनन्द शाह रहेका छन्। तीमध्ये रञ्जन मेहताको घटनास्थलमा र अन्य उपचारको क्रममा धरान लैजानेक्रममा मृत्यु भएको छ। ११ बढी कार्यकर्ता घाइते भएका छन्।

२. प्रमुख प्रतिपक्षी एमालेको अभियान त्यही दिन सुनसरीबाट सप्तरीको राजनविराज पुगेको थियो। राजविराजमा सभा भइरहकै क्रममा मोर्चाका कार्यकर्ताहरु सभामा अवरोध गर्दै थिए भने प्रहरीले रोकथाम गर्ने प्रयास गर्दै थिए। मोर्चाका कार्यकर्ताहरुबाट ढुंगामुढा र पेट्रोल बम प्रहार गर्ने थालेपछि स्थिति नियन्त्रण बाहिर गएको प्रहरीको भनाइ रहेको छ।

३. प्रहरीले उत्तेजित भीडलाई नियन्त्रणमा लिन लाठी चार्ज, अश्रुग्यास प्रयोग गरेका थिए। ती प्रयासबाट उत्तेजित भीड नियन्त्रणमा नआएपछि गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ। गोली ती चार जनालाई मात्र लागेको होइन, अरु थुप्रैलाई लागेको छ। तीमध्ये एक जना गम्भीर छन् ।

४. मेची-महाकाली अभियानले तनाव उत्पन्न गर्दछ भन्ने धेरैको अनुमान थियो। मधेसवादी मोर्चाले एमालेको अभियान रोक्ने घोषणा पहिले नै गरेको थियो। एमाले अभियान जारी राख्नु आफ्नो अधिकार भन्दै थिए भने मोर्चाले विरोध गर्नु आफ्नो अधिकार हो भन्दै थिए। सप्तरीमा पुगेर त्यो अप्रिय घटना घट्यो।

५. उक्त घटनाको विरोधमा मोर्चाले दुर्इ दिन तराई बन्दको आहृवान गरेको छ। अकोर्तिर त्यसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकार अब राप्रपाको भरमा टिकिरहेको छ। देशमा भएका घटनाक्रमले राप्रपाको महत्व र माग बढ्दै गएको छ। त्यसले पनि सरकार छोड्यो भने पुष्पकमल दाहाल सरकार अल्पमतमा पर्नेछ।

६. एमालेले उक्त घटनापछि मेची-महाकाली अभियान तीन दिन स्थगित गरेको छ। उता मोर्चाका कार्यकर्ताहरु अरु उत्तेजित भएका छन्। हिजो बजार बन्द गर्नेक्रममा कार्यकर्ताहरुले केही सरकारी कार्यालयहरु तोडफोड गरेका थिए भने केही गाडीमा आगजनी पनि गरेका थिए। मधेसमा आज पनि स्थिति तनावपूर्ण रहने अनुमान छ।

७. प्रहरीले कमसेकम नोक्सानी गरी भीड नियन्त्रण गर्नुपर्नेमा धेरै राउण्ड गोली चलायो। चार जना त त्यही दिन ज्यान गयोे। त्यो ठूलो विवादको विषय बन्यो। एउटै घटनामा त्यत्ति धेरै मारिनु निन्दनीय घटना हो। यसमा सरकारले उचित जवाफ दिनुपर्दछ । घाइतेरुको निःशुल्क उपचार गरिदिनु पर्दछ। उता एमाले र मोर्चाले पनि आक्रोश र उत्तेजना फैलाउने होइन, संयमित भएर आ-आफ्नो अधिकारको पालना गर्नुपर्दछ। जे गरिन्छ, त्यो शान्तिपूर्वक गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width