सञ्जेलमाथि मुक्का प्रहार

सम्पादक
श्रावण २, २०७०

१. समता स्कुलका अभियन्ता उत्तम सञ्जेलमाथि आइतबार केही गुण्डाहरूले आक्रमण गरेको खबरले मानिसहरू स्तब्ध भएका छन्। दुर्इवटा मोटरसाइकलमा आएकाहरूले काठमाडौंको बौद्धस्थित समता स्कुलको प्रा·णमा बसिरहेको बेलामा उनीमाथि अकस्मात आक्रमण गरेका थिए। गुण्डाहरूले उनको नाकमा मुक्का प्रहार गरी भागेका थिए।

२. मुक्का प्रहारबाट उनको नाकको हाड धेरै ठाउँमा भाँच्चिएको चिकित्सकले जनाएका छन्। उनको धापासीस्थित ग्राण्डी अस्पतालमा नाकको शल्यक्रिया गरिएको छ। नाकको अधिकाँश हड्डी भाँच्चिएकाले शल्यक्रियामा लामो समय लागेको चिकित्सकले जनाएका छन्। वरिष्ठ हाडजोर्र्नी विशेषज्ञ डा. चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गर्न चार घण्टा लगाएको थियो।

३.     उत्तम सञ्जेल त्यो व्यक्ति हो, जसले नेपालमा मध्यम र निम्न वर्गका मानिसहरूका छोराछोरीले समेत स्तरीय शिक्षा पाउन सकून् भनी समता स्कुलको परिकल्पना गरे। उनले आफ्नो परिकल्पना अनुसार काठमाडौंलगायत जिल्लाहरूमा पनि त्यो किसिमको स्कुल स्थापना गर्दर्र्ै आफ्नो लक्ष्यमा अगाडि बढिरहेका छन्।

४. उनले स्थापना गरेको विद्यालयमा मासिक रु.१०० र त्योभन्दा न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरिन्छ। सुरुमा मानिसहरू त्यत्ति थोरै शुल्क लिने विद्यालयले पनि के राम्रो शिक्षा देला भनी अभिभावकहरू अकोर्तिर र्फकेका थिए। तर एसएलसीमा त्यो स्कुलको परिणाम राम्रो आएपछि मानिसहरूको उनको स्कुलप्रति आकर्षण बढिरहेको छ।

५. उनको त्यो सपना साकार पार्न हास्यव्यङ्ग्यका ख्यात्रि्राप्त कलाकार महजोडीदेखि एनआरएनकाहरूले पनि सहयोग पुर्‍याउन थालेका छन्। सहयोग जुट्न थालेपछि उत्तम सञ्जेल पनि उत्साहित भई अरु जिल्लामा पनि विद्यालय खोल्न लागिपरेका छन्। पोखरामा पनि समता स्कुल सञ्चालनमा छ।

६.     त्यस्तो सामाजिक अभियन्तालाई एक्कासी आएर मुक्का हान्नुलाई साधारण कुरा मान्न सकिँदैन। त्यसमा विशेष षड्यन्त्र भएको हुन सक्दछ। कसैले गुण्डाहरूको प्रयोग गरेको हुन सक्दछ। उनको अभियानलाई नसहेको हुन सक्दछ। व्यक्तिगत रिसइवी भएको भए भनाभन हुन सक्दछ। एक्कासी आएर मुक्का हान्नु साधारण कुरा होइन। यसले धेरै कुरा देखाउँछ।

७. राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतिकरण गरिएको परिणाम यो घटना भएको हुन सक्दछ। देशमा दण्डहीनता बढ्दै गएको छ। ठूल्ठूला अपराधका अपराधीहरू पनि फेला पार्न नसकिएको अवस्था छ। फेला पारेकालाई पनि सजायँ गर्न नसकिएको अवस्था छ। प्रहरीले सञ्जेलको केशमा प्रयोग भएको मोटरसाइकल नियन्त्रणमा लिएको छ र आक्रमणमा संलग्नमध्येका एक जनाको पहिचान गरेको छ। आक्रमणकारीलाई तुरुन्त पक्रेर कारबाही गर्नुपर्दछ भन्ने आवाज ठूलो हुँदैछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width