संसद्मा मन्त्रीको अनुपस्थिति

सम्पादक
फागुन २८, २०७०

१. संसद्को बैठकमा एक जना मन्त्री पनि उपस्थित नभएको कारणले संसद्को कारबाही स्थगित गर्नुपरेको कुरा अहिले चर्चाको विषय भएको छ।संसद्को बैठकमा सांसदहरूले मन्त्री र सरकारसँग अनेक प्रश्न सोध्ने गर्दछन् र आफूलाई लागेको प्रश्न सोध्ने गर्दछन्। तर सरकारका तर्फबाट एक जना मन्त्री पनि उपस्थित नभएपछि कसलाई सुनाउने भनी सांसदहरू प्रश्न गर्दछन्।

२. संसद्को बैठक महत्त्वपूर्ण हुन्छ।बैठकमा सांसदहरूले आ-आफ्नो विचार व्यक्त गर्दछन्। उनीहरूलाई सरकारलाई सुझाव दिन्छन् र कहिँ कुनै चित्त नबुझेको कुरा भएका रहेछ भने त्यसको आलोचना पनि गर्दछन्। उनीहरूले सोधेको प्रश्नको जवाफ दिनु सरकारको कर्तव्य हुन्छ। त्यसैले बैठकमा सरकारको प्रतिनिधिको उपस्थिति अनिवार्य प्रायः हुन्छ।

३. तर हाम्रा मन्त्रीहरू संसद्मा घोचपेच र आफ्नो आलोचना सुन्नुपर्ला भनेर संसद्को बैठकमा अनुपस्थित हुने गर्दछन्। उनीहरू संसद्को बैठकलाई भन्दा अन्य उद्घाटन र स्वागतको कार्यक्रमलाई महत्त्व दिएर अन्यत्र जाने गर्दछन्। त्यहाँ लामा-लामा भाषण दिएर अर्ति उपदेश दिने गर्दछन्।

४. हामीमध्ये पनि अधिकांश आफ्नो सानोतिनो कार्यक्रममा पनि मन्त्रीलाई बोलाउने गर्दछौँ। मन्त्रीबाट उद्घाटन गराउन पाए आफ्नो कार्यक्रम सफल भएको सम्झन्छांै। त्यसमा हाम्रो चाकडी मानसिकता छिपेको हुन्छ र मन्त्रीको नजिक भएर रवाफ देखाउने आकांक्षा अन्तर्निहित हुन्छ। तर त्यसबाट देशको के-कति क्षति हुन्छ भन्ने कुरा न मन्त्रीले सोचेका हुन्छन्, न कि आयोजकले त्यसको मूल्याड्ढन नै गरेका हुन्छन्।

५. सायद् यिनै कुरालाई दृष्टिगत गरेर अर्थमन्त्री डा. रामशरण महतले काठमाडौंमा आयोजित एक कार्यक्रममा अब बोल्ने बेला होइन, काम गर्ने बेला आएको बताएका थिए। प्रधानमन्त्री सुशील कोइराला पनि धेरै बोल्दैनन् र धेरै बोल्ने पक्षमा छैनन्। तर मन्त्रीहरूले भने त्यो बोल्ने बानी परित्याग गरेका छैनन्।

६. भरखरै मन्त्री भएकाहरूका लागि स्वागत खानुको स्वाद नै अर्कै हुन्छ। तर धेरै स्वागत खाए भने त्यसको बानी बिग्रन्छ। त्यस्तो व्यक्ति चाकडीवालाहरूको चक्रब्यूहमा फँस्दछ र तिनीहरूको दबाबमा खराब निर्णय गर्न बाध्य हुनुपर्दछ। माथि पुगेका धेरैलाई त्यस्तो रोले सताएको हुन्छ।

७. सरकार र सदन एक अर्काका पूरक हुन्। सरकारलाई सदन चाहिन्छ। सदनलाई सरकार चाहिन्छ। सदनको बैठक देश, जनता र सरकारका लागि विशेष महत्त्वको हुन्छ। जनताले सदनमा कसले के बोले त्यो हेरिरहेका हुन्छन्। साथै त्यहाँ साधिएका प्रश्नको सम्बन्धित मन्त्रीले के-कति राम्ररी जवाफ दिए त्यो पनि नियालिरहेका हुन्छन्। त्यसकारण सदनको बैठकमा मन्त्रीको उपस्थिति आवश्यक मानिन्छ। मन्त्री उपस्थिति हुने प्रावधान बनाइएको हुन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width