१. विश्वका उच्चतम मानिएका आठ हजार मिटरभन्दा अग्ला १४ वटा विश्व शिखरमध्ये १४ वटै सफल आरोहण गरेर कीर्ति राख्न सफल दुर्इ शेर्पा दाजुभाइलाई पोखरामा सम्मान गरिएको छ। त्यसरी सम्मानित हुने दाजुभाइ हुन् मिङ्मा शेर्पा र छाङ्ग दाबा शेर्पा। उनीहरूलाई ६३ औं अन्नपूर्ण आरोहण दिवसको अवसरमा सोमबार सम्मान गरिएको हो।
२. सम्मानित व्यक्तित्व मिङ्मा शेर्पाले सन् २०१० मा आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको आरोहण गरेका थिए भने छाङ्ग दाबाले सन् २०१२ मा अन्नपूर्णको सफल आरोहण गरेका थिए। छाङ्ग दाबाले नेपाल, पाकिस्तान र तिब्बतको विभिन्न हिमालयहरू २२ पटक आरोहण गरेका छन्।
३. त्यस्तै मिङ्माले विश्वका विभिन्न हिमालको सफल आरोहण गरी कीर्ति राखेका छन्। विश्वका ती १४ वटा उच्चतम हिमालमध्ये आठवटा नेपालमा छन्। त्यसैले पनि आरोहणको इतिहासमा नेपाल सर्वाधिक चर्चित भएको छ। त्यसमा पनि विश्वको सर्वाेच्च शिखर सगरमाथाको छुट्टै महत्त्व विद्यमान छ।
४. नेपालका शेर्पाहरूले हिमाल आरोहणको इतिहासमा प्रत्येक वर्ष कीर्तिहरू थप्दै गएका छन्। तेञ्जिङ शेर्पाले राखेको कीर्तिलाई त्यसपछिका शेर्पाहरूले अरु उच्च पारेका छन्। उनीहरूले कायम गरेका कीर्तिका कारण शेर्पा र हिमाल भन्ने एक अर्काका पूरक भएका छन्।
५. हिमाल आरोहणका कुरा गर्नासाथ शेर्पा सम्झने गरिन्छ भने शेर्पा भन्नासाथ हिमालको स्मरण हुन्छ। कुनै पनि व्यक्ति वा संस्थाले शेर्पाको सहयोगबिना हिमाल आरोहणको कल्पना पनि गर्दर्र्ैनन्। आरोहण दलमा भरियादेखि सरदारसम्म उनीहरू नै हुन्छन् र उनीहरूकै पथप्रदर्शनमा आरोहीहरू जानुपर्ने अवस्था छ।
६. ६३ वर्ष पहिले अन्नपूर्ण प्रथमको सफल आरोहण गर्ने मौसिस हर्जाेग र लुइस लासनलाई आरोहणको टीममा सहयोगी रहेका शेर्पा पनि थिए। ९१ वषीय शेर्पा फुताके शेर्पालाई सो समारोहमा सम्मान गरियो। त्यो आरोही दलका उनी एक मात्र जीवित भएकाले उनलाई पनि सम्मान गरिएको बताइएको छ।
७. गत वर्षभन्दा यसपटक अन्नपूर्ण दिवस भव्य र व्यवस्थित किसिमले सम्पन्न भएको छ। आगामी दिनमा त्यो दिवस अरु व्यापक मनाउनु आवश्यक छ। अन्तमा हामी सम्मानित दाजुभाइ मिङ्मा शेर्पा र छाङ्ग दाबा शेर्पा तथा ९१ वषीय फुतार्के शेर्पालाई उनीहरूले गरेका योगदानको उच्च मूल्याड्ढन गरी हार्दिक सम्मान गर्दछौं र उनीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१