शताब्दी पुरुषको सम्मान

सम्पादक
जेठ ५, २०७४

१. नेपालको संस्कृति र सम्पदाको क्षेत्रमा गहन अध्ययन, अनुसन्धान र अन्वेषण गरेर अतुलनीय योगदान गरेका सत्यमोहन जोशीलाई हालै सरकाले ‘वाङ्मय शताब्दी पुरुष’ घोषणा गरेपछि उनी एकपटक फेरि चर्चाको शिखरमा पुगेका छन्। यसअघि उनलाई शताब्दी पुरुष घोषणा गरिएको थियो।

२. शताब्दी पुरुष सत्यमोहन जोशी १९७७ साल वैशाख ३० गते ललितपुरमा जन्मेका हुन्। २००३ सालमा शारदा पत्रिकामा आफ्नो रचना छापिएपछि उनी यस क्षेत्रमा आएका हुन्। यस क्षेत्रमा आएपछि उनले कहिले पछि र्फकनु परेन। उनी सँस्कृति, सम्पदा र साहित्यको सिर्जनामा निरन्तर लागिरहे।

३. उनले २०१३ सालमा ‘हाम्रो संस्कृतिनामक ग्रन्थका लागि पहिलो मदन पुरस्कार प्राप्त गरे ।  २०१७ सालमा ‘नेपाली राष्ट्रिय मुद्दा’ लेखेवापत अर्को मदन पुरस्कार प्राप्त गरे। त्यसैगरी २०२८ सालमा ‘कर्ण्ााली लोकसंस्कृति’ ग्रन्थका लागि तेस्रो मदन पुरस्कार प्राप्त गरे। यसरी तीनपटक मदन पुरस्कार प्राप्त गर्ने उनी एकमात्र व्यक्ति हुन्। त्यसपछि मदन पुरस्कार गुठीले अबदेखि त्यो पुरस्कार दोहोžयाएर कसैलाई नदिने निर्णय नै गžयो।

४. उनी सरकारी सेवामा पनि लागे। उनी २०१५ सालमा पहिलो पटक खुलेको पुरातत्व विभागको निर्देशक पनि भए। उनी निर्देशक भएपछि धेरै प्राचीन मूर्तिहरू सार्वजनिक स्थलहरूमा संग्रहालयमा स्थानान्तरण गरेका थिए। उनी त्यसबेला सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारप्रसारमा खूब लागेका थिए। त्यसैबेलादेखि मानिसहरूले सांस्कृतिक सम्पदाको महत्व बुझ्न थालेका थिए। सम्पदाको क्षेत्रमा काम गर्दागर्दै उनी आफै सम्पदा भएका छन्।

५. उनी नेपाल भाषाका चाल्सलर पनि हुन्। नेपाल भाषाको श्रीवृद्धिमा पनि उनको ठूलो योगदान छ। नाटक विधामा पनि उनको ठूलो योगदान छ। उनी नाटकको निर्देशन पनि गर्दछन्। २०१६ सालमा राष्ट्रिय नाचघर निर्माण गर्नमा उनले अथक प्रयास गरेका थिए। उनले चीनमा नेपाली भाषा सिकाउने काम पनि गरे। उनले त्यहाँको रेडियोबाट नेपाली समाचार प्रसारण पनि गरे।

६. उनले पाँच दर्जन बढी किताब लेखेका छन्। उनले जयप्रकाश र श्वेत चैत्य महाकाव्य लेखेका छन्। उनको कलाकार अरनीको, चारुमति, सुनकेशरी, बाघभैरव, नेपाली कलाको रुपरेखा, नेपाली धातुमूर्तिको विकासक्रम लगायत किताब प्रकाशित भएपछि त्यस सम्बन्धमा धेरै नयाँ नयाँ तथ्य बाहिर आएका छन्।

७. वाङ्मयका हरेक क्षेत्रमा योगदान दिएका उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानबाट त्रिभुवन प्रज्ञा पुरस्कार, भूपालमानसिंह प्रज्ञा पुरस्कार, श्रेष्ठ शील्पा, काठमाडौं विश्वविद्यालयबाट मानार्थ विद्यावारिधीको सम्मान लगायत प्रदान गरिएको छ। त्यस्तै पोखराको हेमराज पहारी स्मृति पुरस्कार र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा सञ्चालित हेमदेवी धर्म संस्कृति समाजसेवा पुरस्कार प्रदान गरेर पनि उनलाई सम्मान गरिएको छ। हामी शताब्दी पुरुषको योगदानको उच्च मूल्यांकन गरेर उनको सुखशान्ति, चिरायूका लागि मंगलमय कामना गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width