विस्तारित बैठक : भट्टर्राईको भविष्य

सम्पादक
श्रावण ४, २०७०

१. पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले एकीकृत माओवादी पार्टीने उपाध्यक्ष पद परित्याग गरेपछि माओवादी वृत्तमा तरह तरहका तर· उत्पन्न भएका छन्। भट्टर्राईले जुन स्थिति र परिस्थितिमा पद परित्यागको घोषणा गरे, त्यसले अनेक शड्ढा उपशड्ढा उब्जाएको छ। कसैले उनको पद त्यागलाई सहजतापूर्वक लिन खोजेका छन् भने कसैले त्यसलाई एक घुर्की सम्झेका छन्।

२. पार्टीने सचिव र कोषाध्यक्ष पदपूर्ति गर्ने सम्बन्धमा धेरैपटक बैठक बसे पनि त्यसको निर्णयगर्न नसक्दाको परिस्थितिमा उनले त्यो घोषणा गरेका हुन्। कोषाध्यक्ष पदमा उनकी श्रीमती हिसिला यमिको नाम पनि आएको थियो। तर ती पदहरूको दाबेदार धेरै भएकाले पार्टी निर्णयगर्न सकेको छैन।

३.     पार्टी सचिव र कोषाध्यक्ष पदपूर्ति गर्न नसकिरहेको बेलामा उनको राजीनामाले विषय वस्तुलाई अन्तै मोडेको छ। पार्टीने एक पंक्ति जसरी भए पनि उनलाई मनाउनुपर्दछ भन्नेमा छ भने अर्को पक्ष उनी एक व्यक्तिका लागि विधान संशोधन गर्नु अतिशयोक्ति हुने बताउँछ। उनलाई ‘वरिष्ठ नेता’ बनाए मनाउन सकिन्छ भन्नेहरू धेरै छन्।

४. तर उनले ६० वर्षन्दा धेरै भएकाले नेतृत्व पंक्तिमा रहन हुँदैन समेत भनेका छन् र अध्यक्ष दाहालले पनि विस्तारै त्यतातिर सोच्नेछन् भनी राजीनामाको निशाना दाहालतिर पनि तेर्स्याएका छन्। उनी कुनै पदमा नरहे उनले त्यसलाई एक नाराका रूपमा ल्याउन पनि सक्छन्। त्यस्तो भएमा अध्यक्ष दाहाललाई अप्ठ्यारो पर्न पनि सक्छ।

५. उनले अध्यक्ष दाहालतिर निशाना सोझ्याइरहेत्यसको परिणाम उल्टो पनि हुन सक्छ। राजनीतिमा पदमा नरहेकाको महत्त्व के कसरी घट्दै जान्छ भन्ने नेपाली राजनीतिले देखाएको छ। त्यसमा पनि अध्यक्ष दाहाललाई कसलाई के गर्नुपर्दछ भन्ने राम्ररी थाहा छ। उनले पालुङटारको विस्तारित बैठकमा पनि स्वयं भट्टर्राईलाई कुनातिर पन्छाएको सबैलाई अवगत भएकै कुरा हो।

६.     पार्टीने त्रिकोणात्मक सङ्र्घर्षमा दुर्इ पक्ष जहाँ हुन्छ, जीत त्यसको हुने गरेको छ। पालुङटारमा अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्य एकातिर भएका थिए। उनीहरू मिलेर भट्टर्राईलाई केही महिना पाखा लगाएका थिए। धोवीघाट बैठकमा वैद्य र भट्टर्राई मिलेर केही समय दाहालको अधिकार खोस्लान्झैं गरे। त्यसपछि भट्टर्राईलाई दाहालले प्रधानमन्त्रीका रूपमा स्वीकारेपछि स्थितिले कोल्टे फेर्‍यो र वैद्य पक्षले पार्टीकै त्याग गरी गयो।

७. अहिले पनि स्थिति हुबहु त्यसरी नै अघि बढ्ने सड्ढेत देखिएको छ। बाबुरामले पार्टीने कुनै पद ग्रहण गरे पनि समस्या, ग्रहण नगरे पनि समस्या छ। उनले उपाध्यक्ष पद त्याग घोषणा गरेदेखि नै उनको पक्षकाहरू आत्तिन थालेका छन्। चुनावको मुखमा यस्तो समस्या ल्याउनु आफैमा राम्रो होइन। नीति निर्माताहरूले त्यसलाई राम्रो दृष्टिले हेरेका छैनन्। भट्टर्राईको पद र अन्य खाली पदका लागि विस्तारित बैठक आजदेखि काठमाडौंमा बोलाइएको छ। यो विस्तारित बैठकले भट्टर्राईको भविष्य निश्चित गर्ने छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width