विश्वकप क्रिकेटमा नेपालको विजयी सुरुआत

सम्पादक
चैत्र ४, २०७०

१. विश्वकप क्रिकेटमा नेपाल प्रवेश गर्दा नेपाली टीमले कस्तो खेल्ला र के गर्ला भन्ने आशा र जिज्ञासा राख्नेहरूलाई नेपाली टीमले राम्रो सन्देश दिएको छ। नेपाली टीमले बंगलादेशमा सञ्चालित ट्वान्टी-ट्वान्टी क्रिकेट खेलमा विजयी सुरुआत गरी त्यो सन्देश दिएको हो। त्यहाँ हङकङविरुद्धमा खेलेको नेपाली टीमले शानदार विजय हासिल गरेको छ।

२. पहिले ब्याटिङ गरेर नेपाली टीमले हङकङको सामु एक सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो। विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको हङकङको टीम १७ ओभरमा ६९ रन बनाएर अल आउट भएको थियो। हङकङलाई अलआउट गर्नेमा म्यान अफ दी म्याच शक्ति गौचन र बसन्त रेग्मीले तीन-तीन विकेट लिएका थिए भने सोमपाल कामीले दुर्इ तथा कप्तान पारस खड्का र जितेन्द्र मुखियाले एक-एक विकेट लिएका थिए।

३. नेपालको सुरुआती खेल राम्रो रहेको थियो। ज्ञानेन्द्र मल्लले सवाधिक ४८ रन बनाएका थिए भने पारस खड्काले ३९ रन बनाएका थिए। कप्तान खड्काले ३६ बलको सामना गरी चार चौकाको मद्धतले ३९ रन जोड्न सफल भएका थिए। त्यस्तै सुवास खकुरेल २२, शरद भेषवाकर १४ र सागर पुनले १३ रनको योगदान गरेका थिए।

४. नेपाल विश्वकपमा पुग्नु नै ठूलो सफलता मान्दै आएको बेलामा त्यसरी पहिलो खेलमा शानदार जित हात पार्नु अर्को सफलता भएको छ। यसलाई ऐतिहासिक जितका रुपमा पनि लिइएको छ। कप्तान खड्काले यो जित सबै नेपालीको हो भन्दै यसलाई होलीको उपहारका रुपमा लिन पनि आग्रह गरेका छन्।

५. नेपालको खेल हेर्न बंगलादेशमा भएका नेपालीहरू रंगशाला पुगेका थिए। त्यस्तै त्यो खेल हेर्न नेपालका विभिन्न भागहरूबाट पनि त्यहाँ पुगेका थिए। रंगशालामा करिब तीन हजार जति नेपाली दर्शक भएको अनुमान गरिएको छ । दर्शकको त्यो उपस्थितिले गर्दा खेलाडीहरूले घरेलु मैदानमा खेलेझै लागेको बताएका छन्।

६. खेलाडीहरूलाई उत्साहको आवश्यकता हुन्छ। नेपाली खेलप्रेमीहरूले खेलाडीहरूलाई त्यो उत्साह दिएका छन्। साथै नेपाली क्रिकेट टीम विश्वकपमा पुग्न सफल भएकोमा सरकारले पनि उनीहरूलाई राम्ररी पुरस्कृत गरेको छ। साथै निजी क्षेत्रबाट पनि प्रोत्साहित गर्ने काम भएको छ।

७. देशमा क्रिकेटको लागि एउटा वातावरण बनेको छ। खेलाडीमात्र होइनन्, दर्शकको संख्या पनि बढ्दो छ। बंगलादेशसम्म पुगर हेर्न जानेहरू भएपछि यस खेलको लोकप्रियता के-कति छ भन्ने प्रष्ट भएको छ। क्रिकेटको भविष्य निश्चय नै उज्वल छ। हामी यसको उत्तरोत्तर उन्नति र प्रगतिको कामना गरी विजयी टीमका खेलाडीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width