वार्ताको टेबुलमा छिटो बस

सम्पादक
फागुन ४, २०७१

१. विश्वमा हत्या, हिंसा र आतड्ढबाट आतड्ढति भएर मानिसहरूले त्यसको विरुद्धमा अनेक कार्यक्रम तर्जूमा गरेका छन्। ती कार्यक्रममध्ये एउटा कार्यक्रम हो-उलर्ंदो सय करोड अभियान। यो उर्लंदो सय करोड कार्यक्रम म’ख्यत महिला र किशोरीमाथि ह’ने हिंसाविरुद्ध थालनी गरिएको एक अन्तर्राष्ट्रिय अभियान हो।

२. विश्वमा प्रत्येक वर्ष दशौँ हजार महिला तथा किशोरी हिंसाबाट प्रताडित ह’न्छन्। उनीहरू यत्ति अन्याय र अत्याचारबाट पीडित छन् कि उनीहरूले सम्बन्धित ठाउँबाट न्याय पाउन पनि सक्दैनन्। अन्याय र अत्याचारमा पिल्सिएर उनीहरूले जीवनभर नारकीय जीवनयापन गर्न बाध्य ह’न्छन्।

३. त्यही अन्याय र अत्याचारका विरुद्धमा तथा महिला र किशोरीमाथि ह’ने सम्पूर्ण यातना र हिंसाका विरुद्ध विश्वका मानिसहरूको ध्यान केन्द्रित गर्ने तथा सचेतना जगाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिएको हो। २०१२ मा इटालीबाट प्रारम्भ गरिएको यो अभियानले विश्वव्यापी रूप लिएको छ।

४. २०० भन्दा बढी देशमा यो अभियान फैलिएको छ। नेपालमा २०१२ मा यो अभियान भित्रिएको थियो भने यो छोटो समयमा यसले देशका महत्त्वपूर्ण स्थानमा प्रवेश पाएको छ। प्रेम दिवसकै दिन पारेर यो अभियान स’रुवात गरिएको छ। पोखरामा तीन दिने कार्यक्रम राखी हिजो यो अभियान सम्पन्न भएको छ।

५. पोखरामा सिर्द्धार्थ क्लब, पोखराको संयोजनमा तथा अन्य २४ वटा संस्थाको आयोजनामा कार्यक्रम गरिएको थियो। कार्यक्रममा निर्धारित कार्यक्रम अन’सार सडकमा नाच्ने, गाउने, पर्चा वितरणदेखि मैनबत्ति प्रज्वलन गरी महिला हिंसाविरुद्ध हस्ताक्षर सड्ढलन समेत गरिएको थियो।

६. हाम्रो देशमा अधिकांश महिला पिछडिएका छन्। उनीहरू उत्पीडित छन्। उनीहरूको उत्थान र उन्नतिका लागि कार्यक्रम घोषणा गरिएका छन्। तर ती कार्यक्रम त्यत्ति प्रभावकारी र परिणाममुखी भएका छैनन्। अधिकांश महिला अझै हिंसा र यौन हिंसाका शिकार भएका छन्।

७. यस्तो स्थितिमा उलर्ंदो यस करोड अभियान सञ्चालन गरिन’ स्वागतयोग्य कदम हो। यो अभियानको उद्देश्य महिला हिंसाको विरुद्धमा सय करोडलाई सडकमा उतार्न हो। यो एक महत्त्वाकांक्षी  अभियान हो। तर यो अभियानले छिटो सचेतना फैलाउने छ र निकट भविष्यमा नै महिलाको अवस्था स’धार ह’ने अपेक्षा गरिन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै