वार्ताका लागि वातावरण अनुकूल

सम्पादक
फागुन २२, २०७१

१. दुर्इ ध्रुवमा विभाजित नेताहरू सम्वादहीनताको स्थिति पुगेर राजनीतिमा जुन अन्यौल र अनिश्चयको कालो बादल मडारिएको थियो, त्यो हट्ने संकेत देखिएको छ। प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल चितवनको एक कार्यक्रममा एउटै मञ्चमा देखिएपछि क्षितिज केही उज्यालो देखिन थालेको छ।

२. खास गरेर एमाओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री कोइराला तथा एमालेका वरिष्ठ नेता माधव नेपालसँग दुर्इ पक्षीय अनौपचारिक भेटवार्ता गरेपछि स्थिति अनुकूल भएको हो। नेताहरूले औपचारिक वार्ताका लागि प्रयास गरिरहेका छन्। केही दिनभित्र औपचारिक वार्ता हुने अपेक्षा गरिएको छ।

३. वार्ताका लागि वातावरण बनाउन नेताहरूमा एक किसिमको समझदारी भएको छ। त्यसरी भएको समझदारी अनुसार सत्तारूढ पार्टी रूले संविधानसभामा प्रारम्भ गरेको प्रक्रियामा जाने कुरा स्थगित गर्ने र उता ३० दलीय गठनबन्धनले दोस्रो चरणको सडक आन्दोलन स्थगित गर्ने भएका छन्। हाललाई यसलाई पनि उपलब्धि मान्नुपर्ने भएको छ।

४. हाम्रा नेताहरूको दिमाग अहंकारले भरिएको छ। उनीहरू आक्रोशित भएको बेलामा अरुलाई गन्दैनन्। उनीहरू बल मिचेर भए पनि अरुलाई पराजित गर्ने स्वप्न देख्दछन् र तदानुसारको रणनीति र नीतिको तानावाना बुन्दछन् तर त्यो रणनीति र नीति व्यवहारमा जब कार्यान्वयन हुन्छ, उनीहरूले अपेक्षा गरेको प्रतिफल देख्दैनन् र होशमा आउँछन्।

५.अहिले उनीहरू त्यही होशमा आएको अवस्था छ। यसबीच एमालेले प्रक्रियामा गएर छिटो संविधान जारी गर्न प्रधानमन्त्रीलाई दबाब दिएका छन् भने एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराई भारतमा पुगेर भारतलाई १२ बुँदे समझदारीको बेलामा जस्तै गरी भारतको सक्रियताका लागि गुहार मागेका छन्।

६. नेपालका नेताहरू आफूलाई अप्ठ्यारो पर्नासाथ या आफू कमजोर हुनासाथ नेताहरूलाई गुहार्ने चलन छ। जसलाई सामान्य नेपालीहरूले कहिले राम्रो मान्दैनन्। अहिले अको एक धार्मिक पक्षले पनि भारतको सहाराका लागि हात फैलाउँदैछन्। भारतमा भारतीय जनता पार्टीका सरकार आउनासाथ यहाँ त्यो पक्षको सक्रियता र सलवलाहट बढेको छ।

७. त्यो जे भए पनि नेताहरू अहिले यथार्थको धरातलमा आउन खोजेका छन्। यो एक सकारात्मक कुरा हो। सामन्यतया जेठ १५ मा संविधान जारी गर्ने अघोषित सहमतिमा उनीहरू पुगेका छन्। तर अब फेरि सानातिनो कुरामा हलो अड्काएर गोरु पिट्ने काम गर्नुहुँदैन। दुवै पक्ष लचिलो हुनुपर्दछ। लचिलो हुनु कमजोर हुनु होइन, यो कुरा महसुस गरी संविधान जारी गर्ने सहमति गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै