वामपन्थी नेता कर्माचार्यको निधन

सम्पादक
श्रावण ११, २०७०

१. नेपाल कम्युनिष्ट पार्टीका एकमात्र जीवित संस्थापक नरबहादुर कर्माचार्यको बुधबार काठमाडौंमा निधन भयो। उनी ८९वर्षका थिए। उनी लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित थिए। केही दिनदेखि उनको उपचार काठमाडौंको मोडेल अस्पतालमा भइरहेको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।

२. वामपन्थी नेता कर्माचार्य नेपाल कम्युनिष्ट पार्टीका संस्थापक थिए। पुष्पलालको नेतृत्वमा गठित कम्युनिष्ट पार्टीका उनी सदस्य भएका थिए। उनी गीत गाएर मानिसहरूलाई प्रभावित पार्दथे। उनी स्पष्ट वक्ता थिए र मनमा लागेको कुरा उनी व्यक्त गरिदिन्थे। त्यसो गर्दा कहिलेकाहीँ उनी विवादमा पनि तानिन्थे तर त्यसलाई उनले प्रवाह गर्दैनथे।

३.     उनी एकमात्र जीवित संस्थापक भएको र नेपालमा धेरै कम्युनिष्ट पार्टीभएकोले कहिलेकाहीँ उनी तानातानमा पनि पर्दथे। पार्टीरूले उनलाई आफ्नो पार्टीका रहिदिउन् भनेर उनलाई आफूतिर तान्ने प्रयास गर्दथे। केही वर्षदेखि उनी एकीकृत नेपाल कम्युनिष्ट पार्टीमाओवादीमा आबद्ध रहे र त्यो पार्टीले उनलाई संरक्षकको रूपमा सम्मान गरी राख्यो।

४. दिवंगत नेता कर्माचार्य युवावस्थादेखि जोशिला र निर्भिक थिए। राणाकालमा जुलुस निकालेर उनले आफ्नो निर्भिकताको परिचय दिएका थिए। जुलुस र भाषण गर्नेहरूको पछि जहाँ पनि जान्थे। राजनीतिमा तल्लीन भई लागेकाले उनले विवाह गर्ने फुसद समेत पाएनन् र आजीवन अविवाहित भएर रहेर।

५. उलने २०१६ सालमा भएको नगरपालिकाको चुनावमा ललितपुर नगरपालिकाको मेयरमा विजय प्राप्त गरेका थिए। २०१७ सालको ‘कुु पछि केही समय उनी अरु नेताझैं स्वनिर्वासनमा भारतमा पनि रहे। उनले छोटो समय जेलयात्रा पनि गरे। जीवनमा दुःख पनि सहे। तैपनि उनले सिद्धान्त परित्याग गरेनन्। यो उनको विशेषता हो। त्यसबेला उनी तुल्सीलाल अमात्यको नजिकमा रही काम गरे।

६.     दिवंगत कर्माचार्य विचारमा दृढ थिए। तर व्यवहारमा नरम थिए। उनका नजिककाहरू उनलाई एक सीधासाधा नेताका रूपमा चिन्दथे र कतिपयले फकाउने र प्रलोभन दिएर तान्न पनि खोज्दथे। तर उनी त्यस्तो लोभ मोहमा परेनन्। उनले सधैँ आफूलाई क्रान्तिकारी देखाउन खोजे।

७. विचारमा उनी क्रान्तिकारी थिए। क्रान्तिकारी कम्युनिष्टहरूले के कसरी जीवनयापन गर्नुपर्दछ भनेर उनी देखाउने प्रयास गर्दथे। त्यसको साथै सबै कम्युनिष्टहरू मिल्नुपर्दछ भन्ने उनको आह्वान थियो। विघटित संविधानसभामा ६२ प्रतिशत कम्युनिष्टको उपस्थितिले उनलाई निकै उत्साहित पारेको थियो। तर ६२ प्रतिशत कम्युनिष्टको उपस्थिति भएर पनि उनीहरूले केही गर्न नसकेकामा उनी खिन्न पनि भएका थिए। तैपनि उनी सधैँ कम्युनिष्ट पार्टीको एकताको पक्षमा रहिरहे र त्यसको लागि कराउँदै रहे।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width