राहत वितरणमा पक्षपात नहोस्

सम्पादक
जेठ ११, २०७२

१. भूकम्प पीडित परिवारलाई राहत वितरण गर्ने, उनीहरूको भत्केको भौतिक संरचना हटाउने र अस्थायी टहरा निर्माण गर्ने काम सुरु भएको छ। त्यसको लागि स्वयंसेवी टोलीहरू गठन गरिएका छन् र ती टोलीहरूले विद्यालय भवन जीणोर्द्धार गर्ने र व्यक्तिको घर टहरा निर्माण गर्ने काम पनि गरिरहेका छन्।

२. यसैबीच राजनीतिक पार्टीहरूले पनि आफ्ना स्वयंसेवक दस्ता तैयार गरी घटनास्थलमा पठाउने काम गरिरहेका छन्। तीन ठूला पार्टीहरूले अरुले भन्दा आफूले बढी पठाउने होड नै गरेकोझैं देखिएको छ। एमाओवादीले श्रम शिविर नै स्थापना गरी काम गर्न नेताहरू पनि लागेका छन्।

३. त्यस्ता टोलीहरू गाउँ-गाउँ पुग्न थालेका छन्। ती टोलीमध्ये कसले राम्ररी काम गर्छ, त्यो अहिले भन्न सकिने स्थिति छैन। स्वयंसेवक दुर्इ किसिमका देखिएका छन्। एउटा पार्टीका स्वयंसेवक छन् भने अर्को राजनीतिक दलबाट टाढा रहेकाहरूको स्वयंसेवी छन्।

४. राहतका सामग्री कतिपय गाउँमा स्थानीय कार्यहरूबाट हुन थालेका छन्। तिनीहरूले पार्टीत भागवण्डा अनुसार आफूले पाएको राहत सामग्री आफ्नो स्वेच्छाले वितरण गर्न थालेको रिपोर्ट आउन थालेको छ। रिपोर्ट अनुसार सामग्री वितरणमा पक्षपात र धाँधली भएको छ। वितरणमा कार्यकर्ताले आफ्नो भोर्र्टसहरूलाई हेर्न थालेको आरोप छ।

५. राहत वितरण निष्पक्ष रूपले हुनुपर्दछ। त्यहाँ कहाँको कम्युनिष्ट, को काङ्ग्रेस भेदभाव गरिनुहुँदैन। वास्तविक पीडित हो कि होइन, त्यो मात्र मापदण्ड तयार गरिनुपर्दछ। राजनीतिक भागवण्डा यो मुलुकको लागि अभिषाप सावित भएको छ। त्यो अभिषाप भूकम्प पीडितको क्षेत्रमा नजाओस् हामीले सोच्ने यही हो।

६. राजनीति गर्नेको स्थायी शत्रु र स्थायी मित्रु हुँदैन। हिजो भोट दिनेले आज त्यसलाई नदिन सक्छन् र हिजो नदिनेले आज दिन्छन्। उनीहरूले कसले राम्ररी काम गर्छन्, त्यो हेरिरहेका हुन्छन्। अहिले पनि उनीहरूले त्यसको मूल्याड्ढन गरिरहेका छन्।

७. स्थिति यस्तो भएकाले नेता र कार्यकर्ताले फोटो खिचेर प्रचार गर्नमा मात्र आफूलाई सीमित गर्नुहुँदैन। आजभोलि फेसबुकमा राखी प्रचार गर्नु एउटा फेशन भएको छ। काम गर्नुभन्दा  फेसबुक चलाउनुमा धेरै समय दिने गरेको पनि देखिन्छ। भूकम्प पीडितको क्षेत्रमा त्यस्तो नहोस्। भूकम्प पीडितको लागि गएकाहरू सबै तिनीहरूको उद्धारमा निरन्तर लागिरहून्, यही हाम्रो कामना छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width