राजपाको चेतावनी

सम्पादक
असार २३, २०७४

१. मधेसवादी दलहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। त्यस पार्टीले सरकारले संविधान संशोधन नगरेकोमा असन्तुष्टि जनाउँदै उक्त चेतावनी दिएको हो। सरकारले पूर्णता पाउनै नसकिरहेको बेला त्यसरी दिएको समर्थन फिर्ता लिन खोजेकोलाई अर्थपूर्ण किसिमले हेरिएको छ।

२. राष्ट्रिय जनता पार्टीले यसअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठित सरकारलाई पनि तीन बुँदे सहमति गरी समर्थन गरेको थियो भने पछि तीन बुँदे सहमति पालना नगरेको भनी त्यो समर्थन फिर्ता गरेको थियो। त्यसले अहिले पनि त्यही कुरा दोहोर्‍याउन खोजेको देखिन्छ।

३. राष्ट्रिय जनता पार्टीले यो सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकार संसदमा अल्पमतमा पर्ने सम्भावना छैन। तैपनि त्यसको राजनीतिक महत्व भने हुन्छ नै। सरकारलाई समर्थन गर्ने र फिर्ता गर्ने गर्दै गएमा त्यो समर्थन र फिर्ताको महत्व भने घट्दै जान्छ। त्यसको महत्व घट्नुको अर्थ समुच्चा पार्टीको महत्व घट्नु हो।

४. राष्ट्रिय जनता पार्टीलाई यस पटकको चुनावमा भाग नलिएकोमा आफैँलाई अप्ठेरो भएको हुनुपर्दछ। पार्टीले बहिष्कार र चुनाव बिथोल्ने निर्णय गर्ने तर त्यसका कार्यकर्ताहरु भने स्वतन्त्रको रुपमा उम्मेदवार हुने र कतै केही उम्मेदवार विजयीसमेत भएबाट पार्टीको निर्णयलाई धक्का लागेको हुनु पर्दछ।

५. त्यसैले आफ्नो उपस्थिति बलियो देखाउनलाई राजपाले समर्थन फिर्ता लिने विचार गरेको हुनुपर्दछ। उसले गरेको त्यो विचार सम्यक विचार होइन। त्यो स्वतन्त्र विचार पनि नहुन सक्छ। त्यो विचार सम्यक र स्वतन्त्र नभएकोले व्यवहारमा नटिक्न पनि सक्छ। त्यस्तो विचारले अस्थिरता मात्र निम्त्याउन सक्छ।

६. देश स्थिरतातिर लम्कन खोजेको बेला अस्थिरता निम्त्याउने कार्य गर्नु हुँदैन। त्यसले देश र जनतालाई मात्र होइन, स्वयम् पार्टीलाई पनि राम्रो गर्दैन राजपामा अनुभवी र खारिएका नेताहरु छन्। अब नेताहरुले धरातलमा आएर सोच्नु पर्दछ र दूरदृष्टि राखेर निर्णय गर्नु पर्दछ।

७. पार्टीले सरकारको गठनमा समर्थन जनाएपछि आफू पनि सरकारको एक भाग हो भन्ने सोच्नु पर्दछ र  सरकारको बाध्यता र विवशतालाई बुझ्नु पर्दछ। संविधान संशोधन गर्ने दुर्इ तिहाई बहुमत सरकारको छैन। यो सवैलाई थाहा छ। अब सरकार संशोधनको पक्षमा छ कि छैन भन्ने ठूलो कुरा हो। सरकार संशोधनको पक्षमा छ। त्यो संशोधन सरकारले फिर्ता गरेको छैन। यस अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता गछौर्ँ भन्नु कदापि उचित होइन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग