राजनीतिमा नयाँ शक्तिको आवश्यकता

सम्पादक
जेठ ६, २०७१

१. नेपाली राजनीतिमा नयाँ शक्तिको आवश्यकता सम्बन्धमा केही महिनादेखि निकै चर्चा हुन थालेको छ। खास गरेर भारतमा अरविन्द केजरीवालले आम आदमी स्थापना गरी दिल्ली प्रदेशको चुनाव जितेपछि नेपालमा पनि नयाँ शक्तिको  चर्चा सुरु भएको हो।

२. नेपालमा यो नयाँ शक्तिको आवश्यकता सम्बन्धमा एमाओवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विशेष रुपले चर्चा गरिरहेका छन्। उनको त्यो चर्चा पत्रपत्रिका एवं अन्य सञ्चार माध्यमबाट सुन्दै आएका पोखरेलीहरूले आइतबार उनकै मुखबाट त्यो कुरा सुन्न पाए। उनी पोखरामा एउटा कार्यक्रममा आएका थिए।

३. पोखराको कार्यक्रममा उनले नयाँ शक्तिको आवश्यकताबारे अरु जोड दिएर भनेका थिए। उनले परिवर्तित परिस्थिति अनुसार आफूलाई परिवर्तन गर्न नसक्ने राजनीतिक पार्टीको अवस्था डायनासोरजस्तै हुने ठोकुवा गरे। उनले एमाओवादीलगायतका राजनीतिक पार्टीरूले आफ्नो नीति र विचार परिवर्तन गर्नुपर्ने बताए।

४. उनले एमाओवादी पार्टीका आफूले त्यही नयाँ शक्तिको आवश्यकताको वकालत गरिरहेको बताए। तर उनले आफूले त्यस्तो वकालत गर्दा आफूले पार्टीफुटाल्न खोजेको तथा नयाँ पार्टीखोल्न लागेको आरोप लगाइकोमा दुखेसो पनि व्यक्त गरे। उनले त्यसो भन्दा एमाओवादी परिवर्तन नभएमा अर्को शक्ति निस्कने कुरा पनि बताए।

५. भारतमा अरविन्द केजरीवाल पानीको फोका जसरी आएका थिए, त्यसरी नै बिलाएर गएको टिप्पणी गरिएको छ। दिल्ली प्रान्तको चुनावमा करिश्मा देखाएका केजरीवालको पार्टीलोकसभा चुनावमा कुचोले बढारेझैं भएको छ। हिजो डा. बाबुरामले केजारीवालको उदाहरण दिएका थिए भने पोखरामा नरेन्द्रमोदीको प्रशंसा गरेका थिए।

६. उनले नरेन्द्र मोदीले विकास र समृद्धिको नारा अघि सारेकाले उनको ऐतिहासिक विजय भएको थियो। उनले अहिलेको देश र जनताको आवश्यकता नै विकास र समृद्धि भएको औल्याए। एक जना कम्युनिष्ट शीर्ष नेताले दक्षिणपन्थी एवं धर्ममा आधारित पार्टीको नेताको प्रशंसा गरेकामा उपस्थित कम्युनिष्टहरूले आपसमा हेराहेर गरेका थिए।

७. विकास र समृद्धि आजको आवश्यकता हो भन्नेमा शंका छैन। तर राजनीतिमा नारा मात्र पनि पर्याप्त हुँदैन। संगठन पनि उत्तिकै महत्वको हुन्छ र नेतृत्वको आवश्यकता पनि झन् चर्को हुन्छ। जो पायो त्यही नेताको पछि जनता जान चाहँदैनन्। संगठन प्रति आकर्षण हुनुपर्दछ। डा. भट्टराईले नयाँ शक्तिको आवश्यकता त औल्याएका छन् तर त्यो शक्तिको रुपरेखा र संगठन लगायतको कुरा प्रष्ट छैनन्। उनले त्यो प्रष्ट नपारेकाले उनको यो नयाँ शक्तिको कुरा पार्टीका ठूलो भाग पाउन बोर्गेनि· गरेको भन्नेहरु धेरै छन्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width