राजनीतिमा एउटा उदाहरण

सम्पादक
असार २७, २०७१

१. एमालेका पुराना नेताहरू भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले उमेर हदका कारण सक्रिय राजनीतिबाट अवकास लिएका छन्। उनीहरूले आफ्नो अवकासको घोषणा काठमाडौंमा सञ्चालित नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै बताएका हुन्। उनीहरूले युवा पुस्ता नेतृत्वका लागि तयार भइसकेकोले आफूहरूले विश्राम लिएको उल्लेख गरेका छन्।

२. राजनीति गर्नेहरूले आफू आर्यघाटमा पुगिञ्जेलसम्म पनि पद परित्याग गर्दैनन् भन्ने भनाइको उनीहरूको स्वेच्छिक अवकासले खण्डन गरेको छ। राजनीतिमा वृद्धहरूको सङ्ख्या धेरै छ। उनीहरूले धेरैपटक आन्दोलन गरे, जेलनेल पनि खाए, देशमा विभिन्न परिवर्तन पनि ल्याए।

३. पुरानो पस्ताले निश्चय नै देशको लागि केही गरेका छन्। तर उनीहरूले सत्ता राम्ररी चलाउन नसकेकाले एउटा वर्गले उनीहरूलाई असफलको श्रेणीमा राखेका छन् र उनीहरूले छिटो राजनीतिबाट अलग भएर नयाँ पुस्तालाई ठाउँ दिनुपर्ने जिकिर गरिरहेका छन्। त्यसैको परिणाम एमालेको विधानमा नै ७० वर्ष पुगेपछि कार्यकारी पदबाट बिदा लिनुपर्ने प्रावधान राखिएको छ।

४. विधानमा नै त्यस्तो प्रावधान राख्नुलाई कतिपयले राम्रो मानेका छैनन् भने कतिपयले आफ्नो लागि एक अवसर ठानेका छन्। त्यसरी अवसर ठान्नेहरूले अब छिटो आफ्नो पालो आउँछ भनेर त्यो प्रावधान राख्न सक्नु आफ्नो जीत भएको सम्झेका छन्। तर कतिपयले मानिसको कार्यक्षमता उमेरले नाप्न नसकिने पनि बताउने गर्दछन्। मानिस को बुढो हुँदैन भन्ने प्रश्न पनि यसबेला उठ्ने गरेको छ।

५. एमालेले ७० वर्षको प्रावधान विधानमा नै उल्लेख गरेको छ। त्यसको त्यो प्रावधानले प्रत्यक्ष/अप्रत्यक्ष अरु पार्टीला नेतालाई पनि सोच्न लगाउन सक्छ। युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने कुरा सबै पार्टीला उठिरहेको छ। तर नेतृत्वमा बसिरहेकाले त्यत्ति सजिलै पद परित्याग गर्लान् भनी सोच्न सकिँदैन।

६. पुरानो पुस्ता सत्तामा पुगेपछि मिलेर काम गर्न नसक्नु उनीहरूको सबभन्दा ठूलो रोग हो। त्यसरी मिलेर काम गर्न नसकेकोले कोही पनि प्रधानमन्त्रीले  आफ्नो पदावधि पूरा गर्न सकेनन्। हिजो त्यसको दोष दरबारलाई दिने गरिन्थ्यो भने राजसंस्थाको अन्त्य भएपछि पनि त्यो रोग यथावत छ। जसको कारणले विकास निर्माणले गति लिन पाएन र देशको आर्थिक उन्नति भएन।

७. एमालेले ७० वर्षको प्रावधान राखेपछि त्यसलाई अरु दलहरूले के-कसरी लिन्छन्, त्यो पनि महत्त्वपूर्ण कुरा हुन्छ। साथै युवा पुस्ता जसलाई अब छिट्टै नेतृत्वमा पुग्ने अवसर प्राप्त हुँदैछ, उनीहरूले नेतृत्वमा रहँदा र सरकारमा रहँदा के-कति राम्रो कार्य गर्लान्, त्यो चुनौतीको विषय भएको छ। युवाहरूले यो चुनौतीको सफलतापूर्वक सम्पादन गर्न सके भने एमालेको प्रयोगले सकारात्मक प्रभाव पार्नेछ। र छिटो-छिटो नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनेछ। तथा भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले देखाएको बाटोमा जान अरुलाई प्रेरित गर्नेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width