राजदूत शर्माको राजीनामा

सम्पादक
असाेज ६, २०७०

१. एकीकृत माओवादीले आफ्नो सिफारिसमा कतारका लागि राजदूत बनाइएकी मायाकुमारी शर्मालाई राजीनामा गराउने निर्णय गरेको छ। एमाओवादी पार्टीको त्यो निर्णयले परराष्ट्र क्षेत्रमा काम गर्ने धेरैले सन्तोषको सास फेरेका छन्। त्यसको साथै कतारमा रहेबसेका नेपालीहरूले पनि अब राजदूतावासले आफ्नो दुःखकष्ट सुन्ला भन्ने आशा गरेका छन्।

२. राजदूत मायाकुमारी शर्मा कतार गएकी एक डेढ वर्ष भएको छ। उनी कतार जाँदादेखि नै विवादास्पद बनेकी थिइन्। जति पछि भयो, उति उनको विवाद बढ्दै गएको थियो। नेपाली पत्रपत्रिकाहरूले उनको कार्यशैलीप्रति धेरैपटक टिप्पणी गरेका थिए। तर भागवण्डा र कोटाको आधारमा छानिएकीले उनलाई सरकारले केही गर्न सकेको थिएन।

३. उनले एक पटक “कतार नेपालीहरूका लागि एक खुल्ला जेल हो” समेत भनेकी थिइन्। उनले त्यो अभिव्यक्ति दिएपछि कतार सरकारको दृष्टिमा पनि उनी असह्य व्यक्ति बनिन् र कतार सरकारले लिखित रूपमा नै नेपाल सरकार समक्ष शिकायत गर्‍यो। कतार सरकारले त्यसरी लिखित शिकायत गरेपछि सरकार र एमाओवादी पार्टीको घैंटोमा घाम लाग्यो र पार्टीले त्यो निर्णय गर्न बाध्य भयो।

४. नेताहरूले परराष्ट्र सम्बन्धलाई गम्भीरतापूर्वक लिने गरेका छैनन्। राजदूत जस्तो पद पनि भागवण्डामा र आफ्नो मान्छे पठाउने गर्दा त्यसको परिणाम के हुन्छ भन्ने यो एक उदाहरण हो। परराष्ट्र मामिला संवेदनशील हुन्छ। कपितय बेला राजदूतले तौलेर बोल्नु पर्दछ, जे पायो त्यो बोल्नु हुँदैन। जस्तो पायो त्यस्तो व्यवहार गर्नु हुँदैन। तर राजदूत शर्माको एकपछि अको विवादित अभिव्यक्ति र व्यवहार सार्वजनिक भएको थियो।

५. सरकारमा बस्नेहरू के-कति गैरजिम्मेवार छन् भन्ने कुरा वषौर्देखि भारतमा राजदूत पद खाली भएबाट पनि प्रष्ट हुन्छ। त्यहाँ पदपूर्र्ति गर्न नसकिएको पनि भागवण्डाको कुरा नमिलेर हो। राम्रो मान्छे पठाउनु भन्ने भावना भएको भए त्यहाँ पदपूर्र्ति भइसक्ने थियो। आफ्नो मान्छे पठाउने अडानले कुरा नमिलेपछि त्यो पद रिक्त रहिरहेको हो।

६. संकुचित स्वार्थी र भागवण्डाको सिद्धान्त असफल भइसकेको छ। त्यसले राम्रो नतिजा दिन नसकेको घामजस्तै प्रष्ट छ। अब त अन्य देशमा समेत त्यसको नराम्रो सन्देश पुगेको छ। सोचेमा यो घटना देशकै लागि दुर्भाग्य हो। तर हाम्रा नेताहरूले अझै त्यो अनुभूति गरेको पाइँदैन।

७. नेताहरू परराष्ट्रको मामिलामा केही गम्भीर हुनै पर्दछ। देशको प्रतिनिधिका रूपमा विदेशमा जाने राजदूतको विचार र व्यवहारको समीक्षा हुनु पर्दछ। परराष्ट्र नीतिको ज्ञाता हुनु पर्दछ। कुटनीतिक भाषा बोल्ने उदारतापूर्वक असल र प्रतिभाशाली व्यक्ति छनौट गरी पठाउनु पर्दछ। आयन्दा यस्तो घटना नदोहोरियोस् भन्ने प्रयास हुनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width