राजकीय भ्रमण र बिदा

सम्पादक
वैशाख ५, २०७४

१. सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दा र त्यहाँबाट र्फकदा सार्वजनिक बिदा दिने निर्ण गरेकोमा यसपटक त्यसको ठूलो विरोध भएको छ। सरकार एकातिर सार्वजनिक बिदा घटाउने विचारमा भएको जनाउँछ भने अकोर्तिर राष्ट्रप्रतिको भ्रमण ‘राजकीय’ भएको भनेर बिदा दिने निर्ण गरेको छ।

२. सरकारले जनभावना बुझेर तदानुसार काम कुरा गर्नुपर्नेमा यो सरकार जनभावनाको प्रतिकूल दिशातिर जाँदैछ। नेपाल राष्ट्रका निर्माताका रुपमा स्थापित पृथ्वीनारायण शाहको जन्म दिनमा सार्वजनिक बिदा दिनु पर्दछ भन्ने आमधारणा छ। तर सरकारले त्यो आमधारणा बुझेन या बुझ पचाएर पहिलेदेखि दिँदैआएको पुस २७ गतेको बिदा कटौती गर्‍यो।

३. देशमा गणतन्त्र आएपछि सरकारले राजा, राजतन्त्र र शाह वंशको नाममा राखिएको प्रतिष्ठान, बाटो घाटो आदि सबैको नाम परिवर्तन गर्ने प्रयास गर्‍यो। शाही नेपाल वायु सेवा निगम, शाही औषधि लिमिटेड, राजकीय प्रज्ञा प्रतिष्ठानलगायत संस्थाहरुको नाम परिवर्तन नाम परिवर्तन भयो। पूर्व पश्चिम राजमार्ग वा महेन्द्र राजमार्ग भन्न पनि त्यसलाई एलर्जी भयो।

४. त्यसरी राजासँग जोडिएर आउने शब्द सुन्दैमा एलर्जी हुने सरकारले राष्ट्रप्रतिको यो भ्रमणलाई किन “राजकीय” भन्यो र राजकीय भ्रमण भएकोले सार्वजनिक बिदा दिएको किन उल्लेख गर्‍यो, यो प्रश्न सबैले सोध्दैछन्। यस्ता कुराले हाम्रा नेताहरुको सुरताल, विचार, सिद्धान्त र व्यवहारमा सामञ्जस्य छैन भन्ने कुरा प्रष्ट देखाउँछ।

५. कुनै बेला उनीहरुले राजाहरुको शालिक तोडफोड गरेर फाले। इतिहास बंगाउन खोजे, मेटाउन खोजे। तर इतिहास त्यत्ति सजिलै मेटिँदैन भन्ने कुरा उनीहरुले आज बुझ्दै छन्। शालिक तोडफोड गर्नेहरुले शालिक राख्न थालेको पनि देखिँदैछ। हिजोको महत्वपूर्ण शालिकको साटो अहिले कम महत्वका कुरा राखेर पश्चाताप मानेको पनि सुनिँदैछ।

६. राजनीतिक नेताहरुमा दूरदृष्टि हुनुपर्दछ। उनीहरुले एकदिन आफ्नो पनि शालिक बन्ने छ वा उनीहरुको नाममा पनि कुनै संस्था प्रतिष्ठान बन्ने छ भनी सोच्नु पर्दछ। अनि यो पनि सोच्नु पर्दछ कि त्यसरी बनाएको आफ्नो शालिक तोडफोड गरे भने र आफ्नो नाममा राखेको संस्था प्रतिष्ठानको नाम परिवर्तन गरे भने के होला । त्यसरी सोचे भने उनीहरुमा भएको पूर्वाग्रह हटेर जान सक्छ।

७. इतिहाससँग रिसाएर हुँदैन। शब्दसँग घृणा गरेर हुँदैन। सत्य र तथ्यसँग आत्मसात गर्नुपर्दछ। जनताको मनोभाव बुझ्नु पर्दछ र आफू सफल हुने हो भने जनभावनाअनुसार काम गर्नुपर्दछ। जनताले पनि नचाहेको, स्वयं राष्ट्रपतिले पनि नचाहेको र अन्तर्राष्ट्रिय चलन पनि नभएको यो बिदा दिने निर्ण अनावश्यक हो। यो महँगो पनि छ। एकदिन बिदा दिँदा कति नोक्सान हुन्छ, त्यो पनि हेर्र्नु पर्दछ। फेरि नेपालमा यो राजाले चलाएको चलन हो। राजाले आफ्नो भ्रमणलाई महत्वको बनाउन चलाएको चलनलाई यो गणतान्त्रिक सरकारले किन अनुशरण गर्दैछ – यो बुझि नसक्नु भएको छ। राम्रो कुरा छोड्ने, नराम्रो कुराको अनुशरण, अनुकरण गर्नु कदापि उचित होइन। त्यसकारण यो बिदा दिने निर्ण सरकारले फिर्ता गर्नु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै