मिलनविन्दु आवश्यक

सम्पादक
वैशाख ६, २०७४

१. देशमा एकातिर चुनावको चर्चा परिचर्चा बढ्दै गएको छ भने अकोर्तिर चुनाव बिथोल्छौं भन्ने स्वर पनि चर्कदै गएको छ। चुनावको विरोधमा दुर्इ किसिमका आन्दोलन भइरहेका छन्। एकथरि आन्दोलन मधेसवादी दलहरुको मोर्चाले सञ्चालन गरिरहेको छ भने अको नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको नेतृत्वमा ५० भन्दा बढी साना दलहरु मिलेर गरिरहेका छन्।

२. मधेसी मोर्चाको संविधान संशोधनको माग थियो भने त्यो कुरा सरकारसँग सहमति हुन नसक्दा स्थगित भएको छ। मोर्चाले आन्दोलनको घोषणा नै गरेको छ। मोर्चाको आन्दोलनले २ नम्बर प्रदेशमा प्रभाव पार्ने अनुमान गरिएको छ। अन्यन्त्र मोर्चाले खास प्रभाव पार्ने देखिँदैन। धेरैको विचार छ।

३. साना पार्टीरुले आफूले चुनाव लड्नका लागि चुनाव चिन्ह नपाएको गुनासो गर्दै आन्दोलन गर्दैछन्। उनीहरुले काठमाडौंमा रिले अनसन प्रारम्भ गरेका छन्। उनीहरुलाई चुनाव चिन्ह किन दिइएन भन्ने जिज्ञासा र कौतुहल बढ्दै गएको छ। तर त्यसको सन्तोषजनक जवाफ कतैबाट आएको छैन।

४. निर्वाचन आयोगले आफूले कानुनअनुसार काम गर्नु परेकोले चुनाव चिन्ह दिन नसकेको बताउँदैछ। कही कतै ती साना पार्टीरुले समयमै निर्वाचन आयोगमा नगएकाले त्यो चुनाव चिन्हबाट उनीहरु वञ्चित भएको अफवाह फैलाइएको छ। संसद्मा भएका पार्टीरुले आफूहरुबाहेक अरुले चुनाव चिन्ह नपाउने ऐन बनाएकोले यो स्थिति आएको हो।

५. त्यस्तो ऐन कानुन किन के कारणले बनाए, त्यस सम्बन्धमा उनीहरुले केही बोलेका छैनन्। त्यसको विरोधमा अनसन बसेकाहरुले त्यो ऐन कानुन संसद्मा प्रतिनिधित्व गर्ने पार्टीरुको सिण्डिकेटले गरेको भनी ती पार्टीरुलाई सिण्डिकेटको आरोप लगाएका छन्। त्यस सम्बन्धमा के उचित हो, के अनुचित हो सर्वसाधारणले पनि प्रश्न गर्न थालेका छन्।

६. चुनाव भनेको सबैको हो। यसमा सबैले भाग लिन पाउनु पर्दछ। चुनावमा जति धेरैको सहभागिता रहन्छ, त्यो त्यत्ति सफल हुन्छ। सरकारले धेरैभन्दा धेरैलाई सहभागिता बनाउने प्रयास जारी राख्नुपर्दछ। अब समय बित्यो भनेर पन्छिनु राम्रो हुँदैन। अन्तिम घडीसम्म त्यो प्रयास जारी राख्नु पर्दछ।

७. चुनाव नहोस् भन्नेहरु छन्। चुनाव गर्न नसकोस् भन्नेहरु छन्। यस्तो अवस्थामा हामीले जानाजान धेरैलाई चुनावको दायरादेखि बाहिर राख्दा त्यसले राम्रो परिणाम नदिन सक्छ। चुनावको विरोध गर्नेहरु अहिले बेग्लाबेग्लै किसिमले गरिरहेका छन्। उनीहरु एक भएर अर्थात् संयुक्त भएर आन्दोलन गरे भने सरकारलाई त्यो भारी पर्न सक्छ। अकोर्तिर आन्दोलनकारीहरुले पनि सोच्नुपर्दछ कि स्थानीय चुनावको विरोध गर्नु, बहिष्कार गर्नु या बिथोल्नु त्यति सजिलो हुँदैन। त्यो सकारात्मक पनि हुँदैन। नकारात्मक काम धेरै गर्नु हुँदैन। अझै समय छ। एउटा मिलनविन्दु पहिल्याएर सहमति गर्नु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै