माइती नेपालको २५ वर्ष

सम्पादक
वैशाख ३, २०७४

१. मानव बेचबिखन र चेलीबेटी बेचबिखनलाई रोक्नु पर्दछ भन्ने सन्देश लिएर गठन भएको माइती नेपाल यस क्षेत्रमा चर्चित एवम् प्रशंसित संस्था भएको छ। यो संस्थाले गत साता आफ्नो स्थापनाको रजत महोत्सव भव्य रुपमा मनाएको थियो भने रजत महोत्सवकै अवसरमा भारत सरकारले आफ्नो महत्वपूर्ण पदक पद्मश्री प्रदान गरेको थियो।

२. भारतका राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा माइती नेपालले यस क्षेत्रमा अद्वितीय काम गरेकोमा संस्थाका अध्यक्ष अनुराधा कोइरालालाई पद्मश्री पुरस्कारबाट विभूषित गरेका थिए। पद्मश्री पुरस्कार भारत सरकारले दिने महत्वपूर्ण पुरस्कार हो। यो पुरस्कार भारतले साधारणतया आफ्नो नागरिकलाई मात्र दिने गर्दछ।

३. माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले यस अघि अमेरिकाको प्रसारण संस्था सीएनएनबाट सीएनएन हिरोको उपाधि जितेकी थिइन्। विश्व विख्यात सीएनएन हिरोको उपाधि जित्ने उनी पहिलो नेपाली हुन्। उनले त्यो उपाधि जितेपछि माइती नेपाल विश्वमा नै चर्चित भएको थियो।

४. २५ वर्ष पहिले २०४७ सालमा माइती नेपाल भन्ने संस्था काठमाडौंमा दुर्इवटा कोठा भाडामा लिएर शुरु गरिएको थियो। अध्यक्ष कोइरालाले पशुपतिमा भीख मागिरहेका केही महिलालाई किन यहाँ बसेको भनेर सोध्दा उनीहरुले कुनै न कुनै किसिमबाट आफ्नो अधिकार हनन् भएको र पीडित भएको थाहा पाएर त्यस्ता महिलाको उद्धारका लागि माइती नेपाल गठन गरेकी थिइन्।

५. त्यसरी गठन गरिएको माइती नेपालको आजसम्म आइपुग्दा १२ वटा आवधिक गृह, दुर्इवटा पुनःस्थापना केन्द्र, बाल संरक्षण गृह, एक विद्यालय, प्राथमिक उपचार केन्द्र सहित गौशालामा १० रोपनी क्षेत्रमा फैलिएको छ। संस्थाले ३६ हजार भन्दा बढी महिला तथा बालबालिकालाई बेचबिखनबाट मुक्त गरेको छ भने २५ हजार भन्दा बढीलाई पुनःस्थापना सेवामा पुर्‍याएको दाबी गरेको छ।

६. माइती नेपालले गरेको सेवाबाट प्रभावित भएर अमेरिका, जर्मनी, इन्डोनेसिया लगायतका थुप्रै विदेशी संस्थाहरुले सहयोगको हात बढाएका छन् । साथै नेपाल र भारतका सो विषयसँग सम्बन्धित निकायहरु पनि माइती नेपालसँग सहकार्य गर्न अग्रसर भएका छन्। अहिले यस्तो वातावरण बनेको छ कि माइती नेपालसँग काम गर्नु एउटा गर्वको विषय भएको छ।

७. शुरुमा अध्यक्ष कोइरालाले अत्यन्त कठिनाइ भोग्नु पर्‍यो कहिलेकाँही लाच्छना पनि सहनु पर्‍यो। उनले आफ्नो धैर्य र साहस गुमाईनन्। उनी निरन्तर आफ्नो काममा अगाडि बढ्नै रहिन्। पूर्व राजा ज्ञानेन्द्रको पालामा उनी मन्त्रिपरिषद्की सदस्य पनि भइन्। समाजसेवाको क्षेत्रमा उनले अग्रणी स्थान पाएकी मात्र होइनन्, उनले नेपालको नाम समेत राखेकी छिन्। कीर्ति फैलाएकी छिन्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै