महासंघको तीन महिने दबाबमूलक अभियान  

सम्पादक
कार्तिक १८, २०७१

१. संविधानका अन्तस्तुमा सहमति जुटाउन नसके पछि डा. बाबुराम भट्टराईको सभापतित्वमा बनेको सम्वाद समितिले आफ्नो रायसहितको प्रतिवेदन संविधान सभामा पेश गरेको छ। सहमति जुटाउने आशमा संविधान सभाले त्यसको म्याद तीन पटक थप गरेको थियो। अब सामान्यतया संविधान माघ ८ गते आउने भन्ने लागेपछि विभिन्न संघ-संस्थाले के भूमिका खेल्ने भनी सोच्न थालेका छन्।

२. त्यसरी सोच्ने संस्थाहरूमा नेपाल पत्रकार महासंघ अग्रणी भएको छ। महासंघले माघ ८ गते नै संविधान जारी गर्नु पर्ने कुरामा जोड दिन दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ। सार्कको नमूना गाउँ लमजुङको घले गाउँमा शनिबार बसेको केन्द्रीय समितिको पूर्ण बैठकले यो निर्णय लिएको हो।

३. बैठकले ‘नेपाली जनतासँग गरेको बाचा नतोडौँ, २०७१ माघ ८ गते भित्रै संविधान निर्माण गरौँ’ भन्ने आव्हानसहित तीन महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ। महासंघले कार्तिक २२ गतेसम्ममा सबै जिल्ला शाखा, प्रतिष्ठान शाखा, वैदेशिक शाखा र एशोसिट संस्थाले त्यसको लागि तयारी गर्न निर्देशन दिएको छ।

४. महासंघले आफ्ना शाखा प्रशाखाहरूलाई परिचालित गरी कार्तिक २३, २४, २५ र २६ गते आफ्नो अनुकूलता अनुसार सम्बन्धित क्षेत्रका सम्पादक, क्रियाशील पत्रकार, मिडिया व्यवस्थापन, पत्रिकारिता क्षेत्रका अगुवा संस्था, पेशागत सञ्जाल र नागरिक समाजसँग सामूहिक वा अलग-अलग अन्तक्रिर्या गर्नु पर्नेछ।

५. तीन महिने यस विशेष अभियानअन्तर्गत कात्तिक ३० गते शाखा-प्रशाखाले आफ्नो क्षेत्रका राजनीतिक दल र सभासदहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको छ। त्यस्तै, मंसिर ८ गते केन्द्रमा संविधान सभा अध्यक्ष, जिल्लामा प्रमुख जिल्ला अधिकारीलगायतलाई संविधान निर्माणका लागि अब दुर्इ महिना मात्र बाँकी रहेको स्मरण पत्र बुझाउने कार्यक्रम तयार गरेको छ।

६. यस्तै, मंसिर १५ गते महासंघका शाखा प्रशाखाको बैठक गरी एक महिने अभियानको समीक्षा गर्ने र भावी कार्यक्रमका लागि केन्द्रमा प्रस्ताव गर्ने र मंसिर १७ गते केन्द्रीय समितिको बैठक गरी थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ। महासंघले आइतबार पत्रकार सम्मेलन गरी यी अभियान सार्वजनिक गरेको छ।

७. पार्टीरूबीच संविधानको अन्तस्तुमा सहमति हुन नसकेपछि निराश हुन लागेका जनतालाई त्यसो हुन नदिन र पार्टीरूलाई दबाब दिन यो कार्यक्रम समयोचित देखिन्छ। महासंघले यो अभियानलाई सशक्त ढ·ले अगाडि बढाउनु पर्दछ र अन्य क्षेत्रले पनि यसमा साथ र सहयोग गरी पार्टीरूलाई दबाब दिने काममा सबैले हातमालो गरी अघि बढ्नु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width