महाशिवरात्रिले दिएको सन्देश

सम्पादक
फागुन ६, २०७१

१. महाशिवरात्रि-शिवरात्रिको आराधना र उपासना गर्ने दिन। जहाँ-जहाँ शिवजीको मूर्र्ति छन्, त्यहाँ-त्यहाँ धुमधामका साथ शिवजीको पूजा हुन्छ। त्यसरी धुमधामसाथ पूजा हुने ठाउँमा नेपालको पशुपतिनाथ क्षेत्र पनि हो। यस वर्ष पनि शिवरात्रिको मेलाका लागि यहाँ हजारौँ साधु, सन्तहरू आए भने लाखौँ भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्।

२. साधु, सन्तहरू पशुपतिको दर्शन गरी अपार सुख र शान्ति पाएको अनुभूत गर्दछन्। उनीहरू मध्ये अधिकांश धेरै पटक यहाँ आउने गर्दछन्। पशुपतिको दर्शन गर्नुलाई उनीहरू एक किसिमले आफ्नो पापमोचन भएको सम्झन्छन्। हिन्दूका लागि पशुपतिको दर्शन गर्नु एक ठूलो अवसर हो। अधिकांशले यो अवसर गुमाउन चाहँदैनन्। त्यसैले पशुपतिको मेला गर्नेहरूको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ।

३. शिवजीका धेरै नाम छन्। शिवजीलाई किराँतेश्वर पनि भनिन्छ। किराँतहरूले मान्ने भएकाले उनको नाम किराँतेश्वर रहन गएको हो। शिवजीले समुद्र मन्थनबाट निस्किएको हलाहल विष आफ्नो घाँटीमा धारण गरेर यो विश्वलाई प्रलय हुनबाट बचाएका थिए। त्यसै बेलादेखि उनलाई ‘निलकण्ठ’ पनि भन्ने गरियो। विष घाँटीमा धारण गरी राख्दा उनको घाँटी निलो भएको मानिन्छ।

४. शिवजीले शास्त्रानुसार धेरै महत्वपूर्ण कार्य गरेका छन्। योगका अभ्यास गर्नेहरूले उनलाई योगका प्रवर्तक मान्दछन् भने तन्त्र विद्याका अभ्यासीहरूले तन्त्रविद्याका प्रणेता सम्भिmन्छन्। कतिपयले नाचगानको उत्पत्ति पनि शिवजीले गरेको भनी उनको पूजा गर्ने गर्दछन्। उनले रौद्र रुप देखाएर गरेको ताण्डव नृत्य आजभोलि पनि सम्भिmने गरिन्छ।

५. उनका यिनै कार्यले गर्दा उनलाई अरु देवताभन्दा विशेष तहमा राख्ने गरिन्छ। अरुलाई देवता भनिन्छ भने उनलाई देवताहरूका पनि देवता ‘महादेव’ भन्ने गरिन्छ। महादेवले मन पराएको रात्रि भएकाले यस रात्रिलाई महाशिव रात्रि भन्ने गरिएको छ। आजको रात धुनी जगाएर पूजा गर्नु विशेष महत्व हुने हिन्दू धार्मिक विश्वास छ।

६.अरुको भन्दा उनको रुप, गुण र विशेषता फरक छन्। उनका शिवरुपलाई सत्यम् शिवम् सुन्दरम् भनिन्छ भने उनको रौद्र रुपलाई संहारको प्रतीक मानिन्छन्। उनको इतिहास सायद अरुको भन्दा प्राचीन छ। उनको प्राचीनतालाई हडप्पा र मोहन जोदरोको सभ्यतासँग दाँजेर हेर्ने गरिन्छ। इतिहासकारहरूले त्यो सभ्यतामा पाइएका माटाका मूर्र्तिलाई शिवजीको मूर्र्ति भएको दावा गरेका छन्।

७. शिवजीको पूजामा पनि अन्य रुप र अंगलाई भन्दा शिवजीको लि·लाई पूजा गर्ने प्रचलन छ। सोचमा यो पनि आर्श्चर्यलाग्दो छ। शिवजीको लि· विश्वमा फैलिएको छ। तीमध्ये पशुपति क्षेत्रमा अवस्थित लि· सर्वाधिक महत्वपूर्ण मानिन्छ। हिन्दू धर्मावलम्वीहरू पशुपतिमा पूजा गर्नुलाई ठूलो कुरा ठान्दछन्। सरकारले त्यसका लागि पूरा व्यवस्था गर्दछ। यो वर्ष शिवरात्रि विभिन्न पूजा, मेला, महोत्सवसहित सम्पन्न भयो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै