मलेसियाली जहाजमाथि क्षेप्यास्त्र प्रयोग

सम्पादक
श्रावण ५, २०७१

१. यो २१ औँ शताब्दीमा आउँदा मानिसले आफूलाई खुब शिष्ट र सभ्य भएको बराबर बताउने गर्दछन्। तर कहिलेकाहीँ उसले गरेको अमानवीय व्यवहार देख्दा मानिस अहिले पनि बर्बर युगमा रहेका प्रतीत हुन्छ। उसले अझ पनि मानवतामाथि कलड्ढ हुने बर्बरतापूर्व कार्य गरिरहेका छन्। मानिसले मानिसको हत्या गरिरहेका छन्।

२. यस्तो हत्या आतड्ढ कहिले राजनीतिक सिद्धान्त विशेषको नाममा हुने गरेको छ भने कहिले भूभाग कब्जा गर्ने क्रममा गर्ने गरिएको छ। त्यस्तै अमानवीय कार्य गर्ने आतड्ढवादीले भरखरै नेदरल्याण्डसको आमसड्रमबाट मलेसियाको लागि उडेको मलेसियाली जहाजलाई क्षेप्यास्त्रको निशाना गरी हत्या गरेका छन्।

३. आततायीहरूले क्षेप्यास्त्र प्रयोग गरी निदोर्ष यात्रुहरूले भरिएको जहाजलाई युक्रेनको रुस समर्थित क्षेत्रमा खसालिएको छ। जहाजमा १५ जना चालक दलका सदस्यसहित २९८ जना यात्रु थिए। उनीहरू सबैको एक चिहान भएको छ भने उनीहरूको लाश खेतमा फैलिएको छ।

४. विमानमा एक सय ८९ जना डच, २७ जना अष्ट्रेलियाली, ४४ जना मलेसियालीसहित अन्य देशका नागरिक थिए। विमानमा चालक दलका १५ जना थिए, ती सबै निदोर्ष थिए। निदोर्ष मानिसहरू भएको यात्रुबाहक जहाजलाई राम्ररी हेर्दै नहेरी क्षेप्यास्त्र प्रयोग गरी खसाल्नु जघन्य अपराध हो।

५. त्यस्तो ठूलो दुर्घटना भयो तर त्यो कसले गरेको भन्ने प्रष्ट भएको छैन। आतड्ढकारीहरूले त्यसको दोष अरुमाथि थोपर्ने प्रयास गरिरहेका छन्। विवादका कारण लाश उठाउने कार्य पनि भएको छ। मृतकका परिवारहरू त्यसै पनि पीडित छन्।

६. रुस समर्थक विदोहीहरूले दुर्घटना स्थलबाट प्रमाण मेटाउने प्रयास गरिरहेको कुरा पनि आएको छ। यस्तोमा अन्तर्राष्ट्रिय एभियशनलगायत अन्तर्राष्ट्रिय रेडक्रस संस्थाहरूले पनि तत्परताका साथ उद्धार कार्य गर्नुपर्दछ। तर त्यहाँ त्यस्तो हुन पनि सकिरहेको छैन।

७. केही महिना पहिले मलेसियाली विमान बेपत्ता भएको थियो। त्यो जहाज पाउन नसकिएको बेला अर्को७७७ बोइङ जहाज क्षेप्यास्त्रबाट खसालिएको छ। एकपछि अर्कोदुखद् दुर्घटना भएकोले मलेसिया पनि अब बढी चनाखो हुनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width