भारतीय प्रम मोदीको सम्बोधन भाषण

सम्पादक
श्रावण २०, २०७१

१. भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार अपरान्ह नेपालको विषयमा संविधान सभालाई गरेको विशेष सम्बोधन भाषण यहाँ चर्चाको विषय भएको छ। नेपाली भाषाबाट सुरु गरिएको उनको सम्बोधन भाषणलाई हाम्रा सभासद्हरुले यत्ति मन पराए कि उनीहरुले धेरै पटक ताली बजाएर त्यसको प्रशंसा गरे।

२. उनले आफ्नो सम्बोधन भाषणमा धेरै विषय उठाए। उनले नेपालमा संविधान बन्दा त्यसले विश्वलाई एउटा सन्देश दिनेछ भन्दै अस्त्रको परित्यागबाट पनि जीवन बदल्न सकिने विश्वास जन्मिने धारणा राखे। उनले जोड दिदै भने कि अब युद्ध, तीर होइन, युद्ध छाडेर बुद्धतीरको प्रयोग गर्ने बेला आएको छ।

३. उनले बुद्धले विचारको प्रकाश दिए जस्तै नेपालले भारतको अन्धकार हटाउन विद्युतको प्रकाश दिन सक्दछ भने। उनले अहिले नेपालको लोड सेडि· हटाउन भारतले दिदै आएको विद्युत दोब्बर बढाउने बताए भने १० वर्षपछि नेपालको बिजुलीले भारतको अन्धकार हटाउने उल्लेख गरे। उनले नेपालको बिजुली किनेर लैजाने कुरा पनि उल्लेख गरे।

४. उनले नेपालको पर्यटन प्रबर्द्धनमा पनि सल्लाह र सुझाव दिए। उनले आफ्नो देशका सवा अर्ब मानिस यस्ता छन् जो कुनै बेला पशुपतिमा आएर शिर झुकाउन चाहान्छन् र भगवान बुद्ध सामु आएर शान्तिको सन्देश लिन चाहन्छन् भन्दै नेपालको पर्यटनलाई त्यस रुपमा किन विकसीत नगर्ने प्रश्न अघि सारे।

५. उनले हर्बलमेडिसिन, आर्गानिक खेतीमा नेपालले विश्वमा उदाहरण पेश गर्न सक्छ भन्दै त्यस क्षेत्रमा आफ्नो तर्फबाट के-कस्तो सहयोग गर्नुपर्दछ त्यो गर्न आफू तैयार भएको पनि उल्लेख गरे। उनले नेपाललाई समृद्ध गर्ने विचार भएको बताउँदै हाइवेज, आइवेज र ट्रान्सवेजमा के-कसरी सहयोग पुर्‍याउन सकिन्छ, त्यो सोचिरहेको पनि उल्लेख गरे।

६. भारतका प्रधानमन्त्रीले युद्ध परित्याग गरी आएको एकीकृत माओवादीतिर इङगि गर्दै युद्ध छाडेर बुद्धको शरणमा गएका सम्राट अशोक जस्तै बन्न आग्रह गरे। एमाओवादी अध्यक्ष प्रचण्डलाई अरुले पनि यस्तो सुझाव नदिएका होइनन्। उनले पनि कहिले कोही त्यो कुरा महशुस गरे जस्तै गर्दछन्। तर पुरानो हृयाङ ओभरलाई उनले छाड्न सकेका छैनन्।

७. राजनीतिक भाषामा मोदी दक्षिणपन्थी हुन्। तर उनको भाषणको बेला भरी कसैले पनि उनलाई दक्षिणपन्थी भनेनन्। सबैले मुक्तकण्ठले प्रशंसा गरे। सधै राजनीतिक घोचपेच, दाउपेच हुने संविधान सभामा त्यस दिन विकासको भाषण कस्ता हुनु पर्दछ र कसरी अर्काको मन जित्नुपर्दछ भन्ने उनले प्रष्ट देखाए। उनले नेपाल र भारतबीच भएको शंका उपशंका आदि हटाउन सफल भएको देखियो। मोदीको भाषणलाई सबैले मन पराए। त्यही अनुसार अब काम भएमा नेपाल-भारतको सम्बन्धमा नयाँ आयाम थपिनेछ र सम्बन्ध अरु उचाईमा पुग्नेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width