भारतमा आम आदमीको जित

सम्पादक
माघ २९, २०७१

१. करिब एक वर्ष पहिले नेपालको राजनीतिमा पनि चर्चामा रहेको भारतको आम आदमी पार्टीले दिल्ल्ाी विधान सभाको भर्खरै भएको चुनावमा अभूतपूर्व जित हासिल गरेको छ। त्यस पार्टीले ७० सदस्यीय विधान सभाको चुनावमा ६७ सिटमा विजय प्राप्त गरेको छ। सत्तारुढ भारतीय जनता पार्टीले तीन सिट मात्र जितेको छ भने लामो समय सक्ता सञ्चालन गरेको काङ्ग्रेसले एक सीट पनि जित्न सकेन।

२. करिब एक वर्ष पहिले स्थापना भएको आम आदमी पार्टीले त्यस बेलाकै चुनावमा २८ सीट जितेर चर्चित भएको थियो। त्यस बेला भाजपाले ३१ र काङ्ग्रेसले आठ सीट जितेका थिए। आम आदमीले काङ्ग्रेससँग मिलेर सरकार गठन गरेको थियो। तर त्यस पार्टीका नेता तथा मुख्य मन्त्री भएका अरविन्द केजरीवालले ४९ दिनमा राजनीनामा दिएका थिए।

३. त्यसपछि भएको संसदीय चुनावमा आम आदमी पार्टीले त्यस्तो उल्लेखनीय जित हासिल गर्न नसकेपछि त्यो पार्टी ो चर्चा सेलाएको थियो। भारतमा त्यसको चर्चा सेलाउनुका साथ नेपालमा पनि त्यसको चर्चा सेलाएको थियो। त्यसबेला एमाओवादी नेता डा.बाबुराम भट्टराईले नयाँ शक्तिको आवश्यकताबारे अभियान चलाएका थिए।

४. बाहिर चर्चा सेलाए पनि आम आदमी पार्टीका नेता तथा कार्यकर्ता आÇनो संगठनमा लागिरहेका थिए। तर सत्तारुढ भारतीय जनता पार्टीका नेताहरूले भने उनलाई धेरै हेप्न थालेका थिए। नेताहरूले भारतको गणतन्त्र दिवस समारोहमा समेत पूर्व मुख्यमन्त्री केजरीवाललाई निम्तोसमेत दिएनन्। चुनावमा प्रधानमन्त्री नरेन्द ्रमोदीले केजरीवालतर्फ संकेत गर्दै एक अराजक, विप्लवकारी र नक्सालवादीसँग मिल्दो भनी टिप्पणी गरेका थिए।

५. भाजपाले चुनावमा आम आदमी पार्टीकाई हराउन अनेक प्रयास गरेको थियो। भारपाले भ्रष्टाचार विरुद्ध सशक्त किसिमले लागेका अन्न हजारेका दाहिने हात मानिएका पूर्व प्रहरी अधिकृत किरण वेदीलाई मुख्यमन्त्री बनाउने घोषणा गरी चुनाव लडायो। तर चुनावमा भाजपा मात्र होइन किरण वेदी आफै पनि नराम्ररी चुनाव हारे।

६. प्रधानमन्त्री मोदीले त्यस चुनावलाई जनमत सङ्ग्रह भनी संज्ञा दिएका थिए। उनको यो हारलाई प्रधानमन्त्री मोदीको जादु समाप्त भएको रुपमा पनि कतिपयले लिएका छन्।  भाजपाले महङ्गी नियन्त्रण गर्ने, भ्रष्टाचार समाप्त गर्ने, विदेशमा थुपारेको कालोधन फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो तर अझै उसले ती काम सुरुसमेत गर्न सकेको छैन।

७. आम आदमी पार्टी वास्तवमा आम मानिसहरूको पार्टी भएको छ। निम्न र निम्न मध्यम वर्गका लागि त्यो पार्टी आशा र भरोसाको पार्टी भएको छ। त्यसै भएकाले जनताले अभूतपूर्व किसिमले त्यसलाई जिताएका हुन्। विरोधी पार्टीका लागि त्यसको त्यो जित सुनामी पनि भएको छ। यो अमूतपूर्व विजयलाई त्यसले के, कसरी बचाएर राख्छ, त्यो भने हेर्न बाँकी छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै