फागुन ७ गतेको महत्त्व रहिरहनुपर्दछ

सम्पादक
फागुन ७, २०७१

१. फागुन ७ गते नेपाली जनमानसले कहिल्यै नबिसर्ने मिति हो। २००७ सालको फागुन ७ गतेका दिन १०४ वर्ष पुरानो जहानीयाँ शासनको अन्त्य भई प्रजातन्त्रको प्रादुर्भाव भएको थियो। त्यस दिन नेपालीहरूले प्रजातान्त्रिक हक अधिकार प्राप्त गरेको दिन थियो। त्यस दिनलाई नेपालमा विकासको ढोका खोलिएको दिनको रूपमा पनि लिने गरिएको छ।

२. प्रजातन्त्र र लोकतन्त्र नेपाली जनजीवनमा सर्वाधिक प्रचलित र लोकप्रिय शब्द हो। यसैका लागि धेरै नेपाली सपुतहरूले आफ्नो जीवन उर्त्र्सग गरे। कतिपयले जेलनेलको सजायँ भोगे भने सयौं नेपालीहरू अंगभंग भएर रहन बाध्य भएका छन्। नेपालीहरूको महान त्याग, तपस्या र बलिदानको प्रतिफलका रूपमा प्राप्त भएकोले यो व्यवस्था नेपालीहरूका लागि सर्वाधिक प्रिय भएको छ।

३. यसको अभ्यास नेपालीहरूले धेरै पटक गरेका छन्। यसमा नेपालीहरू यति अभ्यस्त भएका छन् कि यही नै नेपाली जनजीवन भएको छ। यसको अभावमा के कस्तो हुन्छ भन्ने पनि सबैले राम्ररी थाहा पाएका छन्। समय समयमा अधिनायकवादी विचारधारा बोकेकाहरूले यसलाई निलम्बन गर्ने र यसमा अंकुश लगाउने प्रयास पनि गरे, तर कसैको पनि त्यो प्रयास सफल भएन।

४. २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको साटो पञ्चायती व्यवस्था ल्याए। तीस वर्षसम्म पञ्चायतलाई टिकाउन उनले अनेक प्रयास गर। मौलिक हक समय एकछत्र शासन गरे। तर २०४६ सालको ऐतिहासिक जनआन्दोलनले त्यो तीस वषीय पञ्चायती व्यवस्थाको अन्त गर्‍यो र बहुदलीय व्यवस्थाको पुनर्वहाली गर्‍यो।

५. त्यसपछि नै देशमा राजनीतिक पार्टी रू स्थापना भए। त्यसको साथै सङ्घसंस्था र जातीय, भाषिक एवं अन्य सङ्घसंस्थाहरू स्थापना भए र सबैले आ-आफ्नो धर्म, संस्कृति र भाषिक अधिकारको कुरा उठाउन पाए। त्यसै बेलादेखि लोपोन्मुख भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्ने काम हुँदै आएको सर्वविदित छ।

६. यो दिवसले यस्तो महत्त्व बोकेको छ तापनि अधिनायकवादी विचारधाराका पक्षधरहरूले बराबर यसमाथि गिद्धे दृष्टि लगाएर यसको महत्त्व कम गर्ने प्रयास गर्दै आएका छन्। कतिपय नेताहरूले यसको महत्त्वमाथि प्रश्न चिन्ह लगाएर यो दिनमा ६ दशक पहिलेदेखि दिँदै आएको सार्वजनिक बिदा नदिने घोषणा गरे। जनताको हक अधिकार प्राप्त भएको महत्त्वपूर्ण्ा दिनको विरोधमा नेताहरू किन लाग्छन्, यो बुझ्न नसकिने कुरा भएको छ।

७. प्रजातन्त्र दिवस जनताको दिवस हो। फागुन ७ गतेले जनताको हृदयमा गहिरो छाप पारिसकेको छ। त्यसलाई कुनै पनि अधिनायकवादीले हटाउन चाहेर पनि हटाउन सक्ने छैन। विगतमा त्यस्ताहरूले यसको विरुद्ध विष वमन गर्ने काम नगरेका होइनन्। तर उनीहरू सफल हुन सकेनन्। उनीहरूले अझै प्रयास गर्न सक्छन्, जनता त्यसको विरुद्धमा तैयार रहनुपर्दछ। फागुन ७ गतेको महत्त्व सधैँ रहनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै