प्रधानमन्त्री दाहालको राजीनामा

सम्पादक
जेठ १२, २०७४

१. प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार राष्ट्रका नाममा सम्बोधन गरी आफ्नो राजीनामाको घोषणा गरेका छन्। प्रधानमन्त्रीले पेश गरेको राजीनामालाई राष्ट्रपति विद्या भण्डारीले स्वीकृत गरेकी छिन् र अको व्यवस्था नभएसम्म सोही पदमा रही काम गरिरहन राष्ट्रपतिले आग्रह गरेकी छिन्। प्रधानमन्त्री दाहालले काङ्ग्रेससँग भएको सहमति अनुसार आफूले राजीनामा गरेको बताएका छन्।

२. उनको राजीनामाका साथ उनको कार्यकालको सफलता र असफलताबारे चर्चा हुन थालेको छ। उनले आफू सफल प्रधानमन्त्री भएको दाबी गरेका छन्। विरोधीहरुले पनि उनलाई असफल भन्न सकेका छैनन्। उनले चुनावको वातावरण बनाई जे जसरी स्थानीय तहको पहिलो चरणको चुनाव सम्पन्न गरे, त्यसले उनलाई सफल भएको दाबी गर्ने अवसर दिएको छ।

३. उनी पहिलो पटक प्रधानमन्त्री हुँदा विवादास्पद भएर राजीनामा गरेका थिए भने अहिले समझदारी अनुसार राजीनामा गरेको उनी आफैले बताएका छन्। पहिलो पटक उनले क्रमभ· गर्ने भन्दै प्रधान सेनापति हटाउने, पशुपतिका भट्टहरु फेर्ने, राष्ट्रिय झण्डा समेत फेरेर साम्यवादी व्यवस्था नै ल्याउने भित्री लक्ष्य राखेका थिए भने अहिले उनी केही हदसम्म व्यवहारवादी देखिएका छन्। व्यवहारवादी भएकैले उनी यत्ति सफल भएका पनि हुन्।

४. अहिले उनको जोडबल संविधान कार्यान्वयन भएको छ। मधेसवादी दलहरुलाई चुनावमा सहभागी गराउन उनले अथक प्रयास गरेका छन्। उनले भारतसँग ब्रि्रेको सम्बन्ध सुधार गरेका छन् भने वान बेल्ट वान रोडमा हस्ताक्षर गरेर चीनको विश्वास पनि जितेका छन्। लोडसेडिङ उल्लेखनीय रुपमा हटेको छ भने आर्थिक सूचकाङ्कहरुले देश अब विकासतिर गएको देखाएका छन्।

५. विगत वर्षहरुदेखि त्यसै रहेको अबौर्को राजस्व उठ्ने एनसेल प्रकरण यस पटक पनि त्यसै रह्यो। एनसेल प्रकरण राज्यको पक्षमा निर्णय गरिनु पर्दछ। यस पटक त्यसबारे प्रधानमन्त्री दाहाल र उनकै अर्थमन्त्री कृष्णबहादुर महराको फरक-फरक विचारले अनावश्यक विवाद उत्पन्न भयो। राजस्व उठाउने मामिलामा ठूल्ठूलो माछा फुत्केर जाने गरेको इतिहास छ।

६. प्रधानमन्त्री दाहालको यो कार्यकालमा आइजीपी प्रकरण र सवोर्च्च अदालतका प्रधान न्यायधीश सुशीला कार्कीको विरुद्ध संसदमा पेश भएको महाभियोग प्रस्ताव विवादास्पद रहे। त्यस्तै तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धमा पनि महाभियोग प्रस्ताव दर्ता भएको थियो। यस अघि यसरी महाभियोग कहिले लगाइएको थिएन। बालकृष्ण ढुङ्गेललाई थुन्ने आदेशको पनि पालना भएन।

७. जाने बेलामा नराम्रो कुरा नसम्झने नेपाली परम्परा छ। प्रधानमन्त्री दाहालको मीठो बोलीले ओतप्रोत भएको सम्बोधन भाषणले ती सबै कुरालाई ओझेलमा पारेको छ। ती सम्बन्धित पक्षहरुले के भन्छन्, त्यो उनीहरुको कुरा हो। तर सर्वसाधारण नेपालीहरुले प्रधानमन्त्री दाहालको यो कार्यकाललाई सफल मानेका छन् र कतिपयले त दोस्रो चरणको चुनावसम्म उनी नै रहनुपर्ने विचार पनि व्यक्त गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width